२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय फार्मेसी संघको अध्यक्षमा क्षितिज गडतौला

राष्ट्रिय फार्मेसी संघको अध्यक्षमा क्षितिज गडतौला


काठमाडौं—राष्ट्रिय फार्मेसी संघ नेपालको अध्यक्षमा क्षितिज गडतौला निर्वाचित भएका छन् । ११ देखि १३ फागुनमा भएको संघको पहिलो राष्ट्रिय सम्मेलनले गडतौलाको अध्यक्षतामा ३१ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

यसैगरी तीन जना उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल, जयबहादुर घले चयन भएका छन् । महासचिवमा पृथ्वीराज ढुगेल निर्वाचित भएका छन् भने सचिवमा अमृत थापा, निश्चल केसी, भूमिका अधिकारी चयन भएका छन् ।

यस्तै, कोषाध्यक्षमा जीवन पौडेल चयन भएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता महासंघका उपाध्यक्ष भिमराज सिंह गरेका थिए ।

सम्मेलनमा महासंघका उपाध्यक्षहरु जगत नेपाली, शारदा खनाल, महासचिव डा. सन्तोष पौडेल, उपमहासचिव हिमालय तिवारी र अमृता बरालको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ