२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई, स्वास्थ्य सेवा पुरस्कार क-कसले पाए ?

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई, स्वास्थ्य सेवा पुरस्कार क-कसले पाए ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डा. प्रकाश क्षेत्रीलाई सम्मानित गरेको छ । सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेवापत उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

यस्तै, स्वास्थ्य सेवा पुरस्कारबाट नारायणी अस्पातलकी अन्जना श्रेष्ठ, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. मुन कर्ण थापा र उपचारात्मक सेवा महाशाखाका डा. पेमावती थापा पुरस्कृत भएका छन् । स्वास्थ्य सेवा पुरस्कारको

राशि ५०—५० हजार रुपैयाँ रहेको छ । पुरस्कृतहरुलाई स्वास्थ्य सेवा दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका थिए ।

स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गतेलाई स्वास्थ्य सेवा दिवसका रुपमा मनाइदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ