२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय

रुघाखोकी लागेका बच्चालाई सुरुमै दुई एन्टीबायोटिक, एक स्टोरोइड र दुई पेनकिलर प्रेस्क्राइब गर्ने गरेको खुलासा


काठमाडौं—काठमाडौंको महाराजगन्जस्थित अन्तर्राष्ट्रिय बाल मैत्री अस्पतालका संचालकसमेत रहेका बाल शल्यचिकित्सक डा. शान्तचन्द्र शाक्यलाई गम्भीर प्रकृतिको उजुरीमा नेपाल मेडिकल काउन्सिलले उन्मुक्ति दिने गरी निर्णय गरेको पाइएको छ । सामान्य रुघाखोकी लागेका एक बालकलाई ‘ब्ल्यांकेट थेरापी शैली’मा उपचार गरेको प्रमाणसहितको उजुरी काउन्सिलमा परेको थियो ।

तर, काउन्सिलले गम्भीर उजुरीलाई सामान्यकृत गर्दै सचेत गराउने मात्रै निर्णय गरेको पाइएको छ । काउन्सिल स्रोतकाअनुसार २६ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले डा. शाक्यले ‘गुड क्लिनिकल प्रायाक्टिस’ अनुशरण नगरेको हुँदा उनलाई दुई हप्ताभित्र मेडिकल काउन्सिलको सीपीडी मोड्युलमध्ये चिकित्सक आचारसंहिता र प्रेस्क्रीप्सन लेखन तालिम सम्पन्न गरी सो प्रमाण पेश गर्न निर्देशन दिने निर्णय गरेको हो । काउन्सिलले यो निर्देशन पालना नगरेमा थप कारवाही गर्ने निर्णय काउन्सिलको छ ।

काउन्सिलको यो निर्णय बालकलाई जथाभावी औषधी प्रेस्क्राइब गर्ने डा. शान्तचन्द्रलाई उन्मुक्ति दिने गरी भएको देखिन्छ । बिरामी बालकका अभिभावकले मेडिकल काउन्सिलमा दिएको उजुरीमा डा. शान्तचन्द्रले सामान्य रुघाखोकी लागेको बच्चालाई दुई वटा एन्टीबायोटिक, एउटा स्टोरोइड र दुई वटा पेनकिलर प्रेस्क्राइब गरेको उल्लेख छ ।

उक्त उजुरीपछि नेपाल मेडिकल काउन्सिलले गरेको छानविनमा डा. शाक्यले ती बालकलाई मात्रै नभएर उपचार गर्न आउने अधिकांश बालबालिकालाई सोही तीन प्रकारका औषधि लेखिदिने गरेको पाइएको थियो । ‘उहाँले धेरैजसो उपचारका लागि आउने बच्चालाई दुई प्रकारका एन्टीबायोटिक, एउटा स्टेरोइड र दुई प्रकारका पेनकिलर औषधि लेखिदिने गरेको पाइयो,’ स्रोतले भन्यो, ‘उहाँ बाल शल्यचिकित्सक हो । तर, बाल रोग विशेषज्ञका रुपमा प्रायक्टिस गर्नुहुँदोरहेछ । यो चिकित्सकीय आचरणभित्र नपर्ने काम हो ।’

डा. शाक्यले बाल शल्यचिकित्सक भएर बाल रोग विशेषज्ञको रुपमा ‘अनइथिकल प्रायक्टिस’ गरेको भन्दैं यसअघि पनि पटक—पटक उनीमाथि प्रश्न उठ्दैं आएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ