२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाराजगन्ज नर्सिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुकी नोविना बस्नेत विजयी

महाराजगन्ज नर्सिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुकी नोविना बस्नेत विजयी


काठमाडौं-महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी नोविना बस्नेत सभापतिमा विजयी भएकी छन् । आइतबार सम्पन्न निर्वाचनमा उनी झण्डै दोब्बर मतान्तरले विजयी भएकी हुन् ।

नोविनाले २१७ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार धनुष विश्वकर्माले १३३ मत ल्याइन् ।

नोविनासहित अनेरास्ववियु प्यानल नै विजयी भएको हो । सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय विजयी भइन् ।

यसैगरी, सदस्यहरुमा कन्चन सापकोटा, सीमा केसी, विन्जना केसी मन्जुशा न्यौपाने र अविषा कार्की विजयी भए ।

महाराजगन्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेकामा १ मत बदर भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ