२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘प्रतिभा डबली’ का लागि प्रतिभा पठाउन संघीय मामिला तथा प्रशासनको मन्त्रालयको अनुरोध

‘प्रतिभा डबली’ का लागि प्रतिभा पठाउन संघीय मामिला तथा प्रशासनको मन्त्रालयको अनुरोध


संघीय मामिला तथा प्रशासनको मन्त्रालयले प्रतिभा डबली (ट्यालेन्ट फोरम)का लागि आफ्ना कर्मचारीहरुको प्रतिभा या आइडिया पठाउन अनुरोध गरेको छ । राष्ट्रसेवक निजामती कर्मचारीहरुमा भएको प्रतिभा वा आइडियाले पनि उत्तम नतिजा हासिल गर्न सकिने जनाउँदै मन्त्रालयले सम्पुर्ण विभाग, प्रतिष्ठान, अस्पताल र केन्द्रलाई सोमबार उक्त पत्र पठाएको हो ।

पत्रमा ‘उक्त कार्यक्रमबाट कर्मचारीको प्रतिभा या आइडियाले सार्वजनिक महत्व राख्न सक्ने भएकोले तहाँ निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आफ्ना प्रतिभा वा आइडिायालाई संलग्न सुचना बमोजिमको अनलाइन प्रणालीमार्फत फारम भरी अडियो तथा भिज्युयल समेत अपलोड गरी प्रस्ताव पेश गर्न आदेशानुसार अनुरोध छ’ भनिएको छ ।

पत्रमा उक्त सुचना तथा स्वीकृत प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ संघीय मामिला तथा प्रशासनको मन्त्रालयको वेबसाइटमा प्रकाशित भएको पनि जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ