२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज एकैदिन थपिए ६९ संक्रमित, १ जना संक्रमणमुक्त

आज एकैदिन थपिए ६९ संक्रमित, १ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा आज थप ६९ जनामा कोभिड संक्रमण भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ६९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६२ पुगेको छ ।

हाल नेपालमा कोभिड–१९ सक्रिय संक्रमित संख्या ६६ जना पुगेको छ । पछिल्ला केही दिनयता नेपालमा कोभिड—१९ संक्रमितको संख्या बढ्दैं गएको छ ।

कोभिड—१९ महामारी कम भएसँगै पछिल्लो समय जनस्वास्थ्यका मापदण्ड पालना रोकिएको छ । मानिसहरु मास्क नलगाएर भिडभाड र जमघट गरिरहेका छन् । जसका कारण संक्रमण अझ बढ्न सक्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ