२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपहिलो नम्बरलाई वाइपास गरेर दोस्रो र तेस्रोलाई अतिरिक्त सचिवमा बढुवा

पहिलो नम्बरलाई वाइपास गरेर दोस्रो र तेस्रोलाई अतिरिक्त सचिवमा बढुवा


काठमाडौं—सरकारले स्वास्थ्यको अतिरिक्त सचिव (१२ औं तह)मा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएकालाई वाइपास गरेर दोस्रो र तेस्रो नम्बरमा रहेकालाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले अतिरिक्त सचिवको बढुवाका लागि पहिलो नम्बरमा सिफारिसमा परेका डा. श्रीकृष्ण श्रेष्ठलाई वाइपास गरेको हो ।

दोस्रो र तेस्रो नम्बरमा सिफारिसमा परेका क्रमसः डा. विकास देवकोटा र डा. टंक बाराकोटी अतिरिक्त सचिवमा बढुवा भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवका लागि बढुवा समितिले पहिलो नम्बरमा डा. श्रेष्ठ, दोस्रो नम्बरमा डा. देवकोटा र तेस्रो नम्बरमा डा. बाराकोटीको नाम सिफारिस गरेको थियो । डा. श्रेष्ठ यसअघि पनि अतिरिक्त सचिवका लागि बढुवा समितिले सिफारिस गरेका चिकित्सक हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो यो कार्यकालमा विधी बसाल्ने र परिणाममुखी काम गर्ने बताउँदैं आएका छन् ।  त्यही कारण स्वास्थ्यको अतिरिक्त सचिवमा पनि सिफारिसकै आधारमा विवादरहित निर्णय हुने अपेक्षा गरिएको थियो ।

तर, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि आफैले लिएका दाहालले आफू नेतृत्वको क्याबिनेटबाट पहिलो नम्बरका सिफारिसलाई  वाइपास गरेर दोस्रो र तेस्रो नम्बरमा परेकालाई अतिरिक्त सचिवमा बढुवा गरेका छन् ।

अतिरिक्त सचिवमा बढुवा भएका डा. बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन् । यसैगरी, डा. देवकोटा भने लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव छन् । डा. श्रेष्ठ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ