२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायती डाक्टर निलले घर बेचेर बनाइदिएको ब्रिनोज कान अस्पतालमा तालाबन्दी

बेलायती डाक्टर निलले घर बेचेर बनाइदिएको ब्रिनोज कान अस्पतालमा तालाबन्दी


नेपालगन्ज–बेलायती डाक्टर निल आफ्नो घर बेचेर नेपालगन्जमा बनाइदिएकोे ब्रिनोज कान अस्पतालको सेवा आन्तरिक विवादका कारण प्रभाभित भएको छ । अस्पताल संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पुरन थारु बीचको विवादका कारण अस्पतालमा तालाबन्दीसमेत भएको छ ।

गरिब तथा विपन्न नेपालीहरुको कानको उपचार सहज होस् भनेर बेलायती डाक्टर निलले आफ्नो घर बेचेर सन् २०१६ मा ६ करोडको लागतमा ब्रिनोज कान अस्पताल बनाइदिएका थिए ।

कर्मचारी र संचालक समिति बीचको विवाद बढ्दैं गएपछि संचालक समितिले प्रमुख कार्यकारी अधिकृत पुरुन थारुलाई आर्थिक अनियमितालगायत अस्पतालमा एकलौटी गरेको आरोप लगाउँदैं बर्खास्त ग¥यो ।

बर्खास्तीमा परेका प्रमुख कार्यकारी अधिकृतले संचालक समितिका पदाधिकारीले विधि र प्रक्रिया मिचेर अस्पताललाई संचालन गरिएको, अस्पतालको सम्पत्ति संचालक समितिका पदाधिकारीहरुले दुरुपयोग गरेको दाबीसहित जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी गरेका छन् ।

विवाद बढ्दैं गएर अस्पतालको सेवा नै अवरुद्ध हुने अवस्था सिर्जना भएपछि अपतालको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यमा गैरसरकारी सस्था महासंघ बाकेका प्रतिनिधि, अस्पताल संचालक समितिका प्रतिनिधि र अस्पतालले बर्खास्त गरेका प्रमुख कार्यकारी अधिकृत सदस्य छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ