२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालका चिकित्सकले आफ्नो नाम निजी क्लिनिकमा प्रयोग गर्न नपाउने

सरकारी अस्पतालका चिकित्सकले आफ्नो नाम निजी क्लिनिकमा प्रयोग गर्न नपाउने

निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य गैरव्यवसायिक र अनैतिक भएको मन्त्रालयको भनाइ


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालयले एक सूचना प्रकाशित गरी निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य नगर्न भनेको हो ।

मन्त्रालयका शाखा अधिकृत शेरबहादुर विक हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरुका लागि सूचित गरिन्छ ।’

मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन, २०७६, तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४, को नियम २२ मा भएको चिकित्सक आचारसंहिताको उल्लंघन हुने जनाएको छ ।

मन्त्रालयले मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रयोग गरेको गुनासो आएको र उक्त कार्यमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ