२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्री पाउँदैं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्री पाउँदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विभागीय मन्त्री पाउने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्कमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै स्वास्थ्य मन्त्रालयले पनि विभागीय मन्त्री पाउनेछ ।

१० दलीय गठबन्धनको भागबण्डामा स्वास्थ्य मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । बिहीबार विहान बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

८ मन्त्रालय पाएको कांग्रेसबाट सभापति देउवाले मन्त्रीका नामहरु टुंगो लगाइसकेका छन् । देउवा निकट स्रोतकाअनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेतको नाम टुंगिएको छ । ‘सभापतिले ८ वटा मन्त्रालयले मध्ये ६ वटा मन्त्रालयमा कसलाई पठाउने भन्ने लगभग टुंगो लगाइसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘रक्षा र परराष्ट्रमा कुरा टुंगिएको छैन ।’ रक्षा र परराष्ट्रमा पार्टी उपसभापति पूर्णबहादुर खड्का र रमेश रिजालमध्ये को कुन मन्त्रालयमा जाने भन्ने नटुंगिएको देउवा निकट स्रोतको दावी छ ।

तर, खड्काले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अडान राखिरहेका छन् । जसका कारण बिहीबार हुने मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो । देउवाको रोजाइमा भने अर्थमा प्रकाशशरण महत छन् ।

नेपाली कांग्रेसले धनराज गुरूङलाई सामान्य प्रशासन मन्त्रालय, एनपी साउदलाई सहरी विकास मन्त्रालय, सीता गुरूङलाई भूमी व्यवस्था मन्त्रालय, डिगबहादुर लिम्बुलाई कानुन मन्त्रालय, प्रकाशशरण महत अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

अन्तिम समयमा यी नामहरुमा र मन्त्रालयको जिम्मेवारी केही तलमाथि हुन सक्ने बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ