२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एउटै गाउँका १४५ जनाको पाठेघरको जाँच गर्दा २६ जनामा पाठेघरको क्यान्सर

एउटै गाउँका १४५ जनाको पाठेघरको जाँच गर्दा २६ जनामा पाठेघरको क्यान्सर


वीरेन्द्रनगर—जाजरकोटको नलगाड नगरपालिका–६ भारगाउँमा १४५ जना महिलाको पाठेघरको जाँच गर्दा २६ जनामा पाठेघरको क्यान्सर देखिएको छ । छिताराम स्मृति प्रतिष्ठान र नलगाड नगरपालिकाले संयुक्त आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना पाठेघरको मुखमा क्यान्सर भएका बिरामी फेला परेका हुन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर भएकामध्ये पहिलो चरणका १७ जना, दोस्रो चरणका ४ जना र उपचार गर्न ढिलाइ भइसकेका ५ जना रहेको चितवन भरतपुर क्यान्सर अस्पतालका डा. माधव विश्वकर्माले बताए ।

‘पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका १४ वर्षदेखि ५५ वर्ष उमेर समूहका १ सय १५ जनामध्ये भारगाउँका २६ महिलामा पाठेघरको मुखमा क्यान्सर देखा परेको छ’ उनले भने, ‘सानै उमेरमा विवाह र सन्तान जन्माउने, चिकित्सकको सल्लाहबिना गर्भपतनका औषधिको प्रयोग, यौनांगको सरसफाइको कमी, कुपोषणलगायतका कारण पाठेघरको मुखमा क्यान्सर देखा परेको हो ।’

२ दिनेसम्म चलेको शिविरमा २२६ विद्यार्थीसहित ८१५ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ४३ महिलाको पाठेघर खसेको फेला परेको डा.विश्वकर्माले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ