२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगियो

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगियो


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार लागि एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको छ । बुधबार विहान श्रीएयरलाइन्सको एयर एम्बुलेन्समार्फत उनलेलाई भारतको नयाँदिल्ली लगिएको हो ।

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार हुनेछ । उनीसँगै दुई जना डाक्टर र एक जना नर्सलाई पनि नयाँदिल्ली पठाइएको छ ।

पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिवि शिक्षणमा फ्लोअप पनि राष्ट्रपति निवास फर्किएका थिए ।

यसअघि १८ चैतमा पेट र छातीमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गरेका थिए । त्यतिबेला राष्ट्रपति पौडेलको ५ दिन त्रिवि अस्पतालमै राखेर उपचार गरिएको थियो ।

परिवारको आग्रहअनुसार उनलाई उपचारका लागि नयाँदिल्ली लगिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ