२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका २०९ कर्मचारी फाजिलमा, ४६६६ दरबन्दी रिक्त

स्वास्थ्यका २०९ कर्मचारी फाजिलमा, ४६६६ दरबन्दी रिक्त


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माहतहका स्वास्थ्य सेवाका २०९ जना कर्मचारी फाजिलमा रहेको पाइएको छ । जनताको करबाट पारिश्रमिक लिइरहेका दर्जनौं कर्मचारीहरु फाजिलमा रहँदा पनि स्वास्थ्यका अधिकारीहरुले कुनै चासो देखाएका छैनन् ।

जसमा संघका उच्च तहका कर्मचारीहरुसमेत छन् । महालेखापरीक्षकको ६० औं प्रतिवेदनअनुसार स्वास्थ्य सेवामा २०९ कर्मचारी फाजिलमा र ४ हजार ६६६ दरबन्दी रिक्त रहेको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ मा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिनाभन्दा बढी अवधिसम्म कार्यलयमा राख्न नपाइने व्यवस्था छ । तर, यसप्रति सरोकारवाला पक्षहरु र मन्त्रालयको नेतृत्व मौनजस्तै छ ।

स्वास्थ्य मन्त्रालयमा ३१ हजार ५९२ दरबन्दी रहेकामा संघ, प्रदेश र स्थानीय तहमा गरी २६ हजार ७१७ जना कर्मचारी समायोजन भएका छन् । समायोजन भएका कर्मचारीले पनि ठाउँ—ठाउँमा पारिश्रमिकका लागि झमेला ब्यहोरिरहेका छन् ।

महालेखाले समायोजन वैज्ञानिक बनाउन पनि सुझाव दिएको छ । ‘समायोजन पश्चात कतिपय कार्यालयमा बढी र कपितयमा घटी कर्मचारीको रहेको अवस्था देखिँदा कार्यवोझ र सेवा प्रवाहको अवस्थालाई मध्यनजर गरी कर्मचारी समायोजन गर्नुपर्ने व्यहोरा गत वर्ष पनि औल्याइएकोमा स्थिती यथावत छ,’ महालेखाले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ