२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्तीजन्य पदार्थमा करकाे दायरा ७५ प्रतिशत बनाउन स्वास्थ्य मन्त्रीलालाई ध्यानाकर्षण पत्र

सूर्तीजन्य पदार्थमा करकाे दायरा ७५ प्रतिशत बनाउन स्वास्थ्य मन्त्रीलालाई ध्यानाकर्षण पत्र


काठमाडाै- सूर्तीजन्य पदार्थ विरुद्ध काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले करको दायरा बढाउन माग गरेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरी सो माग राखेका हुन् । एक्सन नेपाल, द युनियन तथा एपिक्याटका प्रतिनिधिहरुले नेपालमा सूर्तीजन्य पदार्थको करको दायरा अत्यन्त न्यून भएको भन्दै बढाएर कम्तिमा ७५ प्रतिशत पु¥याउन माग गरेका हुन् ।

द युनियनका एसिया प्यासिफिक रिजनल डाइरेक्टर डा. तारा सिंह बमले सूर्तीजन्य पदार्थ सेवनका कारण ३७ हजार नेपालीको प्रत्येक वर्ष मृत्यु भएको र १६ प्रतिशतले उपचारका क्रममा घर खेत बेच्नुपर्ने अवस्थामा पु¥याएको तथ्यांक प्रस्तुत गरेका थिए ।

उनले नेपालका २९ प्रतिशत मानिसले सूर्तीजन्य गर्ने र त्यसका कारण लाग्ने रोगले सामाजिक, आर्थिक र सांस्कृतिक क्रियाकलापमा पनि असर गरेको जानकारी गराएका थिए । उनले करकाे दायरा ७५ प्रतिशत पुर्याउँदा राज्यलाई करमा वृद्धि हुनुकाे साथै सूर्तीजन्य पदार्थ सेवन गर्नेकाे संख्यामा पनि कमी आउने बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ संशोधन गर्नुपर्ने बताए । उनले ऐनबनेको १२ वर्ष नाघिसक्दा समयानुकूल संसोधन नभएको भन्दै त्यसलाई संसोधन गर्न सुझाव दिएका थिए । उनले २०७२ मा संशोधित नियमावलीअनुसार सूर्तीजन्य पदार्थका खोलमा अनिवार्य ६० प्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने नियम अझै कार्यन्वयन नभएकोमा मन्त्रीको ध्यानाकर्षण समेत गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा करको दायरा बढाउन आफू सकारात्मक रहेको र त्यसमा प्रयत्न गरिरहेको जवाफ दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ