२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका चार वटा निर्णय

यी हुन् चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका चार वटा निर्णय


काठमाडौं—चिकित्सा शिक्षा आयोगले चार वटा निर्णय गरेको छ । सोमबार बसेको आयोगको ११ औं पूर्ण बैठकले चार निर्णय गरेको हो ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको ०८०/०८१ को बजेट पास गरेको छ ।

बैठकको दोस्रो एजेण्डामा रहेको चिकित्सा जनशक्तिको प्रक्षेपण, संयुक्त पाठ्यक्रम फ्रेमवर्क र राष्ट्रिय चिकित्सा शिक्षा नीति पास गरेको छ ।

यसैगरी, सिटीईभिटीअन्तर्गत टिएसएलसी स्तरीकरण गर्दा छुटेका कलेजहरुले नयाँ संस्थाका रुपमा दर्ता गरिपाउन दिएको निवेदनमा आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा छाता ऐनका विषयमा भएको प्रगतिका बारेमा जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ