२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २दुई हप्ताभित्र सबै संघीय अस्पतालका जनरल वार्ड निःशुल्क गरिनेछ : स्वास्थ्यमन्त्री

दुई हप्ताभित्र सबै संघीय अस्पतालका जनरल वार्ड निःशुल्क गरिनेछ : स्वास्थ्यमन्त्री


सर्लाही—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालहरुका सबै जनरल वार्ड निःशुल्क गरिने बताएका छन् । मंगलबार सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैय्याको सामुदायिक अस्पतालको उदघाटन समारोहमा बोल्दैं उनले सो घोषणा गरेका हुन् ।

मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो प्राथमिकता विपन्न, गरिब एवं बेवारिसेले सर्वसुलभ उपचार पाउनुपर्ने भएकाले त्यसमा लागेको र सफलता पाउँदै गइरहेको मन्त्री बस्नेतले बताए।

स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पतालहरुलाई विपन्न बिरामीका लागि आफ्ना जनरल वार्ड निःशुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैय्यामा अहिले विपन्नहरुले सहज उपचार पाउन थालेको उनको भनाइ थियो। गरिब र विपन्नको सिफारिस स्थानिय सरकारका वडाअध्यक्षहरुले गर्नुपर्ने निर्णय गरेर आफूले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहज बनाएको मन्त्री बस्नेतले बताए।

सामुदायिक अस्पतालहरु स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन् । ‘यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पत्ति होइन् । सर्लाही जिल्लाकै सम्पत्ति हो । स्वास्थ्य मन्त्रालयकै सम्पती हो,’ उनले भने । उनले सामुदायिक अस्पतालको विकास र विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ