२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजन मिलान भएका ३३ जना कर्मचारीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मी आन्दोलित

समायोजन मिलान भएका ३३ जना कर्मचारीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मी आन्दोलित


धनगढी—धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीहरुलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन र समायोजन मिलान भएका कर्मचारी फिर्ता नगरिने बताइरहेका बेला धनगढीले समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न रोक लगाएको हो ।

उपमहानगरको उक्त निर्णय अन्यायपूर्ण भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् । कर्मचारी फिर्ता विरुद्ध उनीहरुले संघर्ष समिति गठन गरेका छन् । समितिले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेको हो ।

नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएको थियो। स्वास्थ्यका कर्मचारीहरुले पत्र बुझेर धर्नास्थलममै हाजिरी गर्ने भएका छन्।

स्वास्थ्य मन्त्रालयले १ साउनदेखि दोहोरो सहमति लिएर कामकाजमा रहेका स्वास्थ्यका कर्मचारीलाई दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको थियो । सोहीअनुसार कर्मचारी फिर्ता गर्नुपर्नेमा केही स्थानीय तहले समायोजन र समायोजन मिलान भएका कर्मचारीलाई समेत फिर्ता गर्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रशासनका सहसचिव तुलसीनाथ गौतमले आइतबार हेल्थआवाजसँग समायोजन र समायोजन मिलान भएका कर्मचारीहरु काम गरिरहेको ठाउँबाट फर्किनु नपर्ने बताए । ‘अहिले हामीले दोहोरो सहमतिमा कामकाजका लागि दरबन्दीबाहेकको ठाउँमा रहेका कर्मचारीलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता हुन भनेका छौं,’ गौतमले भनेका थिए, ‘त्यसमा पनि पालिकामा दरबन्दी भएमा राख्न सक्छ भने खुला गरेका छौं । तर, समायोजन र समायोजन मिलान भएका कर्मचारीहरुको हकमा यो लागु हुँदैन् ।’

सहसचिव गौतमले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले जारी गरेको पत्राचारको अपब्याख्या गरी केही स्थानीय तहहरुले समायोजन र समायोजन मिलान भएका कर्मचारीसमेत फिर्ता पठाएको बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ