२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सिटीभीएस विभाग प्रमुखमा डा. अनिल

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सिटीभीएस विभाग प्रमुखमा डा. अनिल


काठमाडौं—त्रिविअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोथोरासिक एण्ड भास्कुल सर्जरी (सिटीभीएस) विभागको प्रमुखमा युवा चिकित्सक डा. अनिल भट्टराई नियुक्त भएका छन् । मंगलबारदेखि लागु हुने गरी एशोसिएट प्रोफेसर डा. भट्टराईलाई विभागीय प्रमुखमा नियुक्त गरिएको हो ।

क्याम्पस प्रमुख प्रा.डा. अर्जुन लामिछानेले उनलाई सोमबार तीन वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि उक्त विभागको प्रमुख प्रा.डा. भगवान कोइराला थिए । डा. भट्टराईलाई युवापुस्ताका उदीयमान कार्डियो भास्कुलर सर्जन हुन् ।

१० वर्ष रसिया बसेर पढेका डा. भट्टराईले त्यहाँको सारातोभ स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन् । त्यही युनिभर्सिटीबाट पिजी गरेका डा. भट्टराईले इटालीमा समेत लामो समय उच्च तहको अध्ययन गरेका हुन् ।

इटलीको बेरगामोस्थित इन्टरनेशल हार्ट स्कुलमा एक वर्षको फेलोसीप गरेका उनले इटलीकै पादोभा युनिभर्सिटीबाट पिएचडी उपाधि हासिल गरेका हुन् ।

डा. भट्टराई पछिल्ला १० वर्षदेखि मनमोहन कार्डियोथोरासिकमा मुटुको शल्यक्रिया र अध्यापन सक्रिय छन् ।

मुटु सर्जरीलाई आफ्नो प्यासन र उपचारपछि निको भएका बिरामी चेहरामा झल्किने खुशीलाई आफ्नो प्रेरणा मान्ने डा. अनिल २०३४ सालमा पर्वतको मोदी गाउँपालिका दराख जन्मिएका हुन् ।

उनी यसबाहेक गाउँ—गाउँमा पुगेर मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ