गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, १५:१३ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा मन्त्रालय नै खाली गरेर कर्मचारीहरु उत्सव मनाउन राष्ट्रिय सभा गृह पुगेका छन् । शुक्रबार तीन बजेसम्म कार्यलय समय रहेतापनि मन्त्रीको १०० दिने उत्सव मनाउनका लागि स्वास्थ्यका कर्मचारीहरु १ बजे नै मन्त्रालय खाली गरेर राष्ट्रियसभा गृह पुगेका हुन् । मन्त्री बस्नेतले परिपत्र नै जारी गरेर १०० दिनको उत्सव मनाउन स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य उपस्थितीका लागि उर्दी जारी गरेका थिए । उनले कर्मचारीलाई अनिवार्य सरकारी पोशाकमा र स्वास्थ्यकर्मी सेतो कोटमा आउन निर्देशन दिएका थिए । प्रचारमोहमा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतले बेला—बेला स्टन्ट गरेर चर्चामा आउने गरेका छन् । काम कुरा एकातिर कुम्लो बोकेर ठिमीतिर भनेझैं मन्त्रीले स्वास्थ्य मन्त्रालयमा १०० दिने हनिमुन पिरियडको उत्सव बनाउने नयाँ परम्परा स्थापित गर्न खोजेका छन् । यसलाई स्वास्थ्यकै कतिपय उच्च अधिकारी र कर्मचारीहरुले पनि आलोचना गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाएर उनले १०० दिने उत्सव गरे । जसमा प्रधानमन्त्री दाहालले इन्र्जेटिक र डाइनामिक मन्त्री भन्दैं बस्नेतको प्रशंशाको पुल बाँधेर फुर्काए । तर, मन्त्रालयमा र अस्पतालहरुमा अवरुद्ध भएको सेवामा प्रवाहको उनलाई पनि रत्तिभर ख्याल भएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त