गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, १५:१३ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा मन्त्रालय नै खाली गरेर कर्मचारीहरु उत्सव मनाउन राष्ट्रिय सभा गृह पुगेका छन् । शुक्रबार तीन बजेसम्म कार्यलय समय रहेतापनि मन्त्रीको १०० दिने उत्सव मनाउनका लागि स्वास्थ्यका कर्मचारीहरु १ बजे नै मन्त्रालय खाली गरेर राष्ट्रियसभा गृह पुगेका हुन् । मन्त्री बस्नेतले परिपत्र नै जारी गरेर १०० दिनको उत्सव मनाउन स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य उपस्थितीका लागि उर्दी जारी गरेका थिए । उनले कर्मचारीलाई अनिवार्य सरकारी पोशाकमा र स्वास्थ्यकर्मी सेतो कोटमा आउन निर्देशन दिएका थिए । प्रचारमोहमा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतले बेला—बेला स्टन्ट गरेर चर्चामा आउने गरेका छन् । काम कुरा एकातिर कुम्लो बोकेर ठिमीतिर भनेझैं मन्त्रीले स्वास्थ्य मन्त्रालयमा १०० दिने हनिमुन पिरियडको उत्सव बनाउने नयाँ परम्परा स्थापित गर्न खोजेका छन् । यसलाई स्वास्थ्यकै कतिपय उच्च अधिकारी र कर्मचारीहरुले पनि आलोचना गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाएर उनले १०० दिने उत्सव गरे । जसमा प्रधानमन्त्री दाहालले इन्र्जेटिक र डाइनामिक मन्त्री भन्दैं बस्नेतको प्रशंशाको पुल बाँधेर फुर्काए । तर, मन्त्रालयमा र अस्पतालहरुमा अवरुद्ध भएको सेवामा प्रवाहको उनलाई पनि रत्तिभर ख्याल भएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले