२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीस्थित स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गरिएका बिरामीको मृत्यु

धनगढीस्थित स्वस्तिक अस्पतालमा पत्थरीको शल्यक्रिया गरिएका बिरामीको मृत्यु

शल्यक्रियापछि झिकिएको थियो मिर्गौला


धनगढी—धनगढीको स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेका एक जनाको मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चौधरीको अस्पतालले शल्यक्रिया गरेर बाँया मिर्गौलाजमेको ११ एमएम र ९ एमएमका दुई वटा स्टोन निकालेको थियो । सोही क्रममा अत्याधिक रक्तश्राव भएको थियो । रक्तश्राव नरोकिएपछि अस्पतालका जर्नल सर्जन डा. जोनस तिवारीले मृतकका परिवारलाई मिर्गौला झिक्नुपर्ने बताएका थिए ।

मृतकका भतिजा राजकुमार चौधरीले डाक्टरले मिर्गौला चाहिन्छ कि मान्छेको ज्यान भनेपछि आफूूहरुले मिर्गौला झिकेर भएपनि ज्यान जोगाइदिन आग्रह गरेको बताए । तर, डाक्टरले मिर्गौला निकालेपछि भने मृत्युको खबर सुनाएको बताउँदै चौधरीले लापरवाही गरिएकाले कारवाहीको माग गरेका छन् ।

अस्पतालका सञ्चालक महेश जोशीले पत्थरीको शल्यक्रिया गर्ने क्रममा रक्तश्राव नरोकिएपछि डाक्टरले मिर्गौला झिकेको बताए । मिर्गौला झिकेपछि रक्तश्राव रोकिएपनि बिरामीको अवस्था सुधार नभएको बताउँदै भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको जोशीले बताए ।

स्वस्तिक कार्डियो हस्पिटलले संचालन स्वीकृती समेत नपाएको पाइएको छ । स्वास्थ्य निर्देशनालयबाट २५ शैय्याको अस्पतालको अनुमति प्रक्रियामा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पताल दर्ता प्रक्रियाका लागि फाइल आएको र संचालन अनुमति नदिइएको स्वास्थ्य निर्देशनालयले राजपुर डोटीले जनाएको छ


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ