२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलालीमा हैजा आउटब्रेक, नयाँदिल्लीबाट फर्किएकी महिलामा हैजा पुष्टि

कैलालीमा हैजा आउटब्रेक, नयाँदिल्लीबाट फर्किएकी महिलामा हैजा पुष्टि


धनगढी—कैलालीमा हैजाको संक्रमण आउटब्रेक (फेला परेको) भएको छ। १० भदौमा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा हैजा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीका अनुसार गौरीगंगा नगरपालिका—११ मसुरियाकी एक ३४ वर्षीया महिलामा हैजा संक्रमण देखिएको हो।

उनका अनुसार ती महिला भारतको नयाँदिल्लीबाट ५ भदौंमा कैलाली आएकी थिइन्।

दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्।

तर, त्यहाँका चिकित्सकले शंकास्पद ठानेर ९ भदौंमा सेतीमा पठाएका थिए। पछि सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो।

अहिले उनको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ। सोमबारसम्म आईसीयुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको बताइएको छ।

एक समय महामारीको रुपमा फैलिएको हैजा लामो समयपछि पहिलोपटक कैलालीमा देखिएको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ