२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवनमा डेंगीका बिरामी बढे

चितवनमा डेंगीका बिरामी बढे


चितवन– चितवनमा डेढ महिनामा डेंगी संक्रमितको संख्या तीन सयको हाराहारीमा पुगेको छ । जिल्लामा पछिल्लो समय दैनिक पाँचदेखि १० जनाको हाराहारीमा डेंगीका संक्रमित थपिने गरेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप नौ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार आज जिल्लामा डेंगी संक्रमितको संख्या चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन यता २७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका विभिन्न अस्पतालमा तीन हजार १५३ जनाले डेंगी परिक्षण गरेका थिए । जसमध्ये सबैभन्दा बढी ८५ जना भरतपुर महानगरपालिकामा संक्रमित भएका छन् । त्यसैगरी रत्ननगर नगरपालिका ३६, राप्ती नगरपालिकामा २६, खैरहनी नगरपालिकामा २०, कालिका नगरपालिकामा ५, माडी नगरपालिकामा ४ र इच्छाकामना गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।

त्यस्तै चितवनमा भेटिएका कुल संक्रमितमध्ये ७५ जना अन्य जिल्लाका रहेका छन् भने १८ जनाको ठेगाना नखुलेको चितवनले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ