२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगौरीशंकर स्वास्थ्य शाखाको वार्षिक योजना तर्जुमा

गौरीशंकर स्वास्थ्य शाखाको वार्षिक योजना तर्जुमा


चरिकोट—गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षको लागि योजना तर्जुमा गरिएको छ । आर्थिक वर्ष ०७९/८० मा स्वास्थ्य शाखाले प्रभावकारी कार्य गरेको र आगामी आर्थिक वर्ष ०८०/८१ मा जनताले प्रत्यक्ष अनुभूति गर्न सकिने खालका कार्य गर्ने गरी योजना तर्जुमा गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गतका स्वास्थ्य चौकीले ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, त्रैमासिक रूपमा स्वास्थ्य चौकी प्रदायक वडामा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्य गर्ने गरी योजना तर्जुमा गरिएको गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त रेग्मीले जानकारी दिए ।

त्यस्तै, एक वर्षको अवधिमा पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरुमा पोषण कर्नर निर्माण, किशोर—किशोरीमैत्री विद्यालय स्वास्थ्य कार्यक्रम, विविध स्वास्थ्य दिवस कार्यक्रम, नियमित खोपसँगै सरसफाई प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता, खोप व्यवस्थापनको लागि फ्रीजको व्यवस्था, वृद्धि अनुगमन प्रोत्साहन, आरयुएसजी, कार्यक्रमलाई निरन्तरता, एफसीएचभी उत्कृष्ट स्वास्थ्यकर्मी सम्मान तथा विदाइ कार्यक्रमहरु सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।

गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित आव. ०७९/८० मा सञ्चालित वार्षिक कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रम गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सामाजिक विकास समितिको संयोजक युगबहादुर बस्नेत, स्वास्थ्य शाखाका प्रमुख बसन्त रेग्मी र विभिन्न स्वास्थ्य संस्थाका प्रमुखको उपस्थिति रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ