२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमएको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

एनएमएको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । आइतबार विहानबाट कार्की बैक्वेटमा सुरु भएको सम्मेलनको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले साँझ उद्घाटन गर्नेछन् ।

भोलिसम्म सम्मेलनको ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनः अवसर र चुनौती’ मुख्य नारा रहेको छ । सम्मेलनमा विभिन्न ७ विषयमा बहस हुने एनएमएले जनाएको छ । ती विषयहरुमाथि प्रवुद्धवर्ग, नेतृत्व र सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्श हुनेछ ।

दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधीको उचित प्रयोग र समान सेवाका लागि स्वास्थ्य प्रणालीमाथि बहस हुनेछ ।

जसमा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगनकुमार थापा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अन्जनीकुमार झा, नेपाल मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. भगवान कोइराला, प्रा.डा. अर्जुन कार्की, स्वास्थ्य, अर्थ मन्त्रालका उच्च अधिकारीहरु, प्रदेशका स्वास्थ्य सचिवहरु, स्थानीय निकायका प्रतिनिधीहरु, निजी मेडिकल कलेज, निजी अस्पताललगायतका उच्च पदस्थहरुले बहस गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ