२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन

संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन

गेटा विश्वविद्यालय चाँडो संचालन गर्नुपर्छ : सभापति जोशी


धनगढी—प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिले गेटामा रहेको प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ । आइतबार समितिका सभापति भानुभक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समितिले प्रस्तावित विश्वविद्यालयभित्र सञ्चालित गेटा अस्पतालसँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो ।

समितिले स्थानीय जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग पनि छलफल गरेर विश्वविद्यालयको ऐनलगायतका विषयमा छलफल गरेको थियो ।

अनुगमनका क्रममा समितिका सभापति जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रियसभामा छलफलका क्रममा रहेको बताए । उनले शिक्षा मन्त्रालयले तयार पारेको विधेयक मन्त्रिपरिषदबाट पास भएर राष्ट्रिय सभामा छलफल भइरहेको भएपनि विश्वविद्यालय निर्माणमा केही ढिलासुस्ती भएको महसुस भएर कारण बुझ्न समिति अनुगमनमा आएको बताए ।

‘हामी सबैको चाहना भनेको विश्वविद्यालय संचालनमा अब ढिला गर्नु हुँदैन भन्ने हो’ उनले भने, ‘जसरी २०६८ सालदेखि सुरु गर्ने भनिएको तत्कालीन गेटा मेडिकल कलेज निर्माणमा ढिलासुस्ती भयो । अहिले त्यसलाई बृहत रुपमा विश्वविद्यालय बनाउने भनेपछि यसलाई चाँडो सञ्चालन गरिनुपर्छ भन्ने समितिको चाहना हो । यसका लागि के—के गर्न सकिन्छ कसरी अगाडि बढ्न सकिन्छ भनेर हामीले अध्ययन गर्छौ ।’ उनले विश्वविद्यालयका लागि धेरै संरचना तयार भएकाले यहाँ विश्वविद्यालय सञ्चालन गर्न अब राज्यलाई धेरै भार पनि नपर्ने बताए ।

अनुगमनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ६ जना सदस्यसहित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, धनगढी उपमहानगरपालिका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधीको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ