२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम स्वास्थ्यमा आन्तरिक बढुवा: प्रदेश लोक सेवा आयोगको बढुवा मागअनुसार चिकित्सक/कर्मचारी नै छैनन्

सुदूरपश्चिम स्वास्थ्यमा आन्तरिक बढुवा: प्रदेश लोक सेवा आयोगको बढुवा मागअनुसार चिकित्सक/कर्मचारी नै छैनन्


धनगढी—सुदूरपश्चिम प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा ११ औं तहका प्राविधिक पदहरुको ज्येष्ठता र कार्य सम्पादन मुल्यांकनद्वारा गरिने बढुवाको लागि सुचना प्रकाशित गरेको छ । सोमबार प्रकाशित उक्त सूचनाअनुसार बढुवा हुने स्वास्थ्यकर्मी र कर्मचारी नै प्रदेशमा नभएको पाइएको छ ।

जसमा हेल्थ एजुकेशन समुहको ११ औं तहको लागि १, पब्लिक हेल्थ एडमिनिस्ट्रेशनको १ , प्याथोलोजी तथा जनरल प्याथोलोजी समूहको १ र हेल्थ इन्सपेक्सन समूहको १ जनाको आन्तरिक बढुवाको लागि सूचना प्रकाशित गरेको छ ।

त्यसैगरी, प्रमुख मेडिकल कन्सल्ट्यान्ट स्वास्थ्य जनरल हेल्थ सर्भिसेजमा ३, प्रमुख कन्सल्ट्यान्ट जनरल फिजिसियन स्वास्थ्य मेडिसिन जनरल मेडिसिनमा २, प्रमुख कन्सल्ट्यान्ट अब्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट २, प्रमुख कन्सल्ट्यान्ट सर्जन स्वास्थ्य सर्जरी जनरल सर्जरीमा १ र प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन स्वास्थ्य पेडियाट्रिक्स पेडियाट्रिक्स मेडिसिनमा १ जनाको बढुवाको लागि आवेदन माग गरिएको छ ।

तर, बढुवामा दावी गर्ने पब्लिक हेल्थ एडमिनिस्ट्रेशन, प्याथोलोजी तथा जनरल प्याथोलोजी र हेल्थ इन्सपेक्सन समूहको ११ तहको बढुवाको लागि दावी पुग्ने कर्मचारी नै प्रदेशमा छैनन् । हेल्थ एजुकेशन समूहको ११ तहको बढुवाको लागि १ जना मात्रै दाबेदार छन् ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा प्रमुख मेडिकल कन्सल्ट्यान्ट स्वास्थ्य जनरल हेल्थ सर्भिसेज, प्रमुख कन्सल्ट्यान्ट सर्जन स्वास्थ्य सर्जरी जनरल सर्जरी र प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन स्वास्थ्य पेडियाट्रिक्स पेडियाट्रिक्स मेडिसिनमा बढुवा दावी पुग्ने चिकित्सक पनि प्रदेशमा छैनन् ।
त्यस्तै, प्रमुख कन्सल्ट्यान्ट जनरल फिजिसियन स्वास्थ्य मेडिसिन जनरल मेडिसिन र प्रमुख कन्सल्ट्यान्ट अब्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट स्वास्थ्य अब्सट्रेटीसियन गाइनोकोलोजीमा २/२ जना बढुवाको लागि सूचना प्रकाशित गरेपनि दावी गर्ने १/१ मात्रै चिकित्सक छन् ।

कर्मचारी समायोजनको समयमा सुदूरपश्चिम प्रदेश ६ जना चिकित्सकले मात्रै रोजेका थिए । प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पताल तथा जिल्ला अस्पताल करार तथा काम काजका चिकित्सक मात्रै कार्यरत छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ