२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेपत्ता स्वास्थ्य चौकीका इन्चार्ज मृत भेटिए

बेपत्ता स्वास्थ्य चौकीका इन्चार्ज मृत भेटिए


धनगढी—बझाङको भैरवनाथ स्वास्थ्य चौकीका इन्चार्ज मृत अवस्थामा फेला परेका छन् । सोमबारदेखि बेपत्ता रहेका केदारस्यू गाउँपालिका—१ का ४३ वर्षीय महेन्द्रबहादुर मल्ल सेती किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार साँझ सेती नदीमा माछा मार्ने व्यक्तिले उनको शव देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ