२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका


काठमाडौं–जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उप-प्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसहितको प्रतिनिधीमण्डल अमेरिका जान लागेका छन् ।

मन्त्रीको नेतृत्वको सो भ्रमण २७ अप्रिल (१६ बैशाख) शनिबार अमेरिका गएर ३ मे मा फर्कने कार्यक्रम रहेको छ ।

उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह—सचिव रहनेछन् ।

सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुखका डा. दासले जानकारी दिए ।

मन्त्री यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेपछिको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री यसअघि २०७५÷०७६ मा पनि स्वास्थ्य मन्त्रालय सम्हालेका थिए । सो बेला १४ महिनामा १५ पटक विदेश भ्रमण गएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ