२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास

महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगंज मेडिकल क्याम्पसको प्रमुखमा प्रा. डा. सुरेश उप्रेती नियुक्त भएका छन् । बिहीबार क्याम्पस प्रमुख छनोट समितिले दिएको सिफारिका आधारमा डा. सुरेशलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

उनी यसअघि महाराजगन्ज मेडिकल क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । डा. सुरेश अर्थोपेडिक्स सर्जन हुन् ।

यस्तै, त्रिवि शिक्षण अस्पतालको निर्देशकका प्रा.डा. सुवासप्रसाद आचार्य नियुक्त भएका छन् । डा. सुवास यसअघि त्रिवि शिक्षण अस्पतालको क्रिटिकल मेडिसिन विभागका प्रमुख थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ