२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा

वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा


काठमाडौ –चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को निर्देशकमा प्राडा दिलीप शर्मालाई नियुक्त गरिएको छ । न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् ।

आइतवार प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले सहकुलपति समक्ष निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । डा बस्नेतले डा शर्मा निमित्त निर्देशक समाज गौतम र सहायक निर्देशक अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । साेही आधारमा सहकुलपति मन्त्री पाैडेलले शर्मालाइ नियुक्त गरेका हुन् ।

न्याम्स ऐन अनुसार उपकुलपतिको सिफारिसका आधारमा सहकुलपति २ वर्षको लागि डा शर्मालाई निर्देशक नियुक्त गरेका हुन् ।
४ फागुनमा निर्देशक डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल समाप्त भएसंगै मन्त्री पौडेलले सहायक निर्देशक डा समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए ।

मन्त्री पौडेलले निमित्त निर्देशक गौतमलाई नै निर्देशक बनाउन चाहेका थिए भने प्रतिष्ठानका उपकुलपति प्रडा बस्नेत र शिक्षाध्यक्ष डा लोचन कार्कीले भने डा अनुपमा कार्कीलाई निर्देशक बनाउन चाहेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले डा शर्मालाई निर्देशक बनाउन निर्देशन दिएसँगै मन्त्री पौडेलले शर्मालाई नियुक्त गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ