गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा हेल्थ आवाज मंगलबार, २०८१ फागुन २७ गते, ११:०५ मा प्रकाशित काठमाडौ –चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को निर्देशकमा प्राडा दिलीप शर्मालाई नियुक्त गरिएको छ । न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् । आइतवार प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले सहकुलपति समक्ष निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । डा बस्नेतले डा शर्मा निमित्त निर्देशक समाज गौतम र सहायक निर्देशक अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । साेही आधारमा सहकुलपति मन्त्री पाैडेलले शर्मालाइ नियुक्त गरेका हुन् । न्याम्स ऐन अनुसार उपकुलपतिको सिफारिसका आधारमा सहकुलपति २ वर्षको लागि डा शर्मालाई निर्देशक नियुक्त गरेका हुन् । ४ फागुनमा निर्देशक डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल समाप्त भएसंगै मन्त्री पौडेलले सहायक निर्देशक डा समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्री पौडेलले निमित्त निर्देशक गौतमलाई नै निर्देशक बनाउन चाहेका थिए भने प्रतिष्ठानका उपकुलपति प्रडा बस्नेत र शिक्षाध्यक्ष डा लोचन कार्कीले भने डा अनुपमा कार्कीलाई निर्देशक बनाउन चाहेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले डा शर्मालाई निर्देशक बनाउन निर्देशन दिएसँगै मन्त्री पौडेलले शर्मालाई नियुक्त गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’