२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन

वार्ताअघि संसद विघटन हुनुपर्छः बालेन

अब संयमित रहन आग्रह


काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वार्ताअघि संसद विघटन गर्नुपर्ने माग गरेका छन् । मंगलबार बालेनले फेसबुकमा स्टाटस लेख्दै उनले वार्ताअघि वर्तमान संसद विघटन हुनुपर्ने माग राखेका हुन् ।

उनले यो नितान्त जेन—जीको आन्दोलन भएको भन्दैं हत्याराको राजीनामा आइसकेकाले संयमित हुन आग्रह गरेका छन् ।

‘हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,’ उनले भने, ‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।’

अब जेन—जी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने बताउँदैं बालेनले त्यसका लागि तयार रहन समेत आग्रह गरेका छन् । उनले यसका लागि नेपाली सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहन भनेका छन् ।

‘तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ,’ उनले भनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ