२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा खेलवाड : दुई खाेप उत्पादक कम्पनीको प्रतिस्पर्धामा नेपालीको ज्यान

स्वास्थ्यमा खेलवाड : दुई खाेप उत्पादक कम्पनीको प्रतिस्पर्धामा नेपालीको ज्यान


काठमाडौं-टाइफाइड रोगविरुद्धको भ्याक्सिन टाइपबार ‘टीसीभी’को परिक्षण नसकिदै अर्को परिक्षण नेपालमा सुरु भएको छ । ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालय र नेपालका चिकित्सकको सहभागितामा टाइफाइड कन्जुगेट भ्याक्सिन टाइपबार ‘टीसीभी’को परीक्षण नसकिदै अर्को नयाँ टाइफाइड कन्जुगेट भ्याक्सिन ‘भिआइडिटी’को परिक्षण सुरु भएको हो ।

पाटनमा सम्पन्न भएको टाइपबार ‘टीसीभी’ को परिक्षणलाई लिएर सामाजिक संजालमा समर्थन र विरोधका आवाज उठिरहेको बेला भएको अर्को परिक्षणलाई अधिकारीहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । सन् २०१७ देखि सन् २०१९ सम्म पाटन अस्पतालमा गरिएको थियो ।

कोरियाको एसके बायोसाइन्स कोअपरेटिभ लिमिटेडले उत्पादन गरेको नयाँ टाइफाइड कन्जुगेट भ्याक्सिन ‘भिआइडिटी’को उसैले परिक्षण सुरु गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही समय अघिमात्रै सो कम्पनीलाई परिक्षणको अनुमती दिएको जनाएको छ । औषधि व्यवस्था विभागका अनुसार सो कम्पनीले कात्तिक २९ गतेबाट परिक्षण सुरु गरेको छ ।

नेपालमा अनुसन्धानको नेतृत्व कान्ति बाल अस्पतालका डा. गणेशराज राईले गरेका छन् । राईका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौ विश्वविद्यालयअन्तर्गत धुलिखेल अस्पताल काभ्रे, नेपालगञ्ज मेडिकल कलेज बाँके र कान्ति बाल अस्पताल, काठमाडौंमा नयाँ टाइफाइड कन्जुगेट भ्याक्सिन ‘भिआइडिटी’ परिक्षण भइरहेको छ । प्रति अस्पताल ४ सय ५० जनाका दरले १८ सयमा परिक्षण गरिने छ । ‘यो तेस्रो फेजको ट्रायल हो,’ औषधि व्यवस्था विभागका एक अधिकारीले भने, ‘हामीले पहिलो र दोस्रोका लागि स्वीकृत दिदैनौं । अन्य देशमा मानिसमा परिक्षण भएपछि मात्रै नेपालमा अनुमती दिने हो ।’

टाइफाइड कन्जुगेट भ्याक्सिन ‘भिआइडिटी’ को फिलिपिन्समा मानिसमा परिक्षण भइसकेको छ । ६ महिना देखि ४५ वर्ष उमेर समुहमा यसको परिक्षण गरिने छ । सन् २०२० मा प्रारम्भिक नतिजा निकाल्ने र सन् २०२१ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

डा राईले महंगोमा नेपालीहरु नपरुन भनेर यसको परिक्षण थालेको बताए । ‘एक जनाको मात्रै मनोपोली रोक्न प्रतिस्पर्धात्मक हिसाबमा सुरु गरिएको हो । कुनै पनि नयाँ भ्याक्सिन अर्को संग तुलाना गर्नुपर्छ । तुलना नगरी राम्रो गरेको नगरेको एकिन हुदैन्,’ उनले भने । भारतले निकालेको टाइपबार ‘टीसीभी’ भन्दा यो ‘भिआइडिटी’ कमजोर छैन भनेर देखाउन परिक्षण गरिएको हो ।

‘भारतको टिसिभी भ्याक्सिनको मुल्य ३५ सय रहेको छ । अहिले हामीले परिक्षण गरेको भ्याक्सिनको प्रभावकारीता नेपालमा राम्रो देखिए २ सय प्रति भ्याक्सिनसम्म आउँछ,’ उनले थपे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ