२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएम्बुलेन्स प्रकरणबारे सामाजिक विकास मन्त्रालयले सिप्रदीलाई सोध्यो स्पष्टीकरण

एम्बुलेन्स प्रकरणबारे सामाजिक विकास मन्त्रालयले सिप्रदीलाई सोध्यो स्पष्टीकरण


धनगढी-एम्बुलेन्स प्रकरणबारे सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सिप्रदी ट्रेडर्सलाई स्पष्टीकरण सोधेको छ। एम्बुलेन्समा ब्रेक नलाग्ने, इन्धन बढी खाने, गति निकै सुस्त भएको लगायतका समाचार प्रकाशन र प्रशारण भएपछि मन्त्रालयले सप्लयर्स कम्पनी सिप्रदी ट्रेडर्सलाई स्पष्टीकरण सोधेको हो।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सञ्चार माध्यममा आएको समाचारको आधारमा स्पष्टीकरण सोधिएको बताए। सम्झौता अनुसारको एम्बुलेन्स खरिद नभएको भए सिप्रदी र संग्लन कर्मचारीलाई पनि कारवाहीको दायरामा ल्याउने उनको दावी थियो।

प्रदेश सरकारले बाँडेका १६ वटा एम्बुलेन्समा एकपछि अर्को गर्दै समस्या देखिन थालेपछि सामाजिक विकास मन्त्रालय विवादमा तानिएको थियो। अत्याधुनिक भन्दै वितरण गरिएका एम्बुलेन्सहरु मन्त्रालयले ‘ख’ श्रेणीका सुविधायुक्त भएको दाबी गरेको थियो।

तर ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण समेत ती एम्बुलेन्समा नराखिएको फेला परेको छ। दुई महिनामै कतिपयले एम्बुलेन्स बिग्रिएको भन्दै थन्काइसकेका छन् भने अन्यले चलाउनै मुस्किल भएको प्रतिक्रिया दिएका छन्।

एम्बुलेन्समा ब्रेक नलाग्ने, इन्धन धेरै खाने, गति सुस्त हुने समस्या रहेको गुनासो चालकहरुले पनि गर्दै आएका छन्। टाटा कम्पनीको मिनी ट्रकलाई एम्बुलेन्स बनाएर बाँडिएको तथ्य यसअघि बाहिरिएको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ