२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश जनस्वास्थ ऐन—२०७६ को प्रारम्भिक मस्यौदामा छलफल

प्रदेश जनस्वास्थ ऐन—२०७६ को प्रारम्भिक मस्यौदामा छलफल


धनगढी—सुदूरपश्चिम प्रदेश सरकार निर्माण गरिरहेको प्रदेश जनस्वास्थ ऐन—२०७६ को प्रारम्भिक मस्यौदामा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशभरीका स्वास्थ कार्यालय प्रमुखहरुसँग प्रदेश जनस्वास्थ ऐन—२०७६ को नीतिगत सहजीकरणको लागि छलफल गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ  अधिकृत रमेश कुवँरले बताए ।

सुदूरपश्चिम प्रदेशमा भौतिक निर्माण र संसोधनको बारेमा मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ कार्यक्रम, कैलाली कन्चनपुरमा विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम, आधारभूत स्वास्थ सेवा सुदृढीकरण कार्यक्रमको मोडालिटी, स्थानीय तह अन्र्तगतका गै.स.स अस्पतालहरुलाई अनुदान, लागु औषध पुनः स्थापना तथा रोकथाम, स्वास्थ्यमा बिमा सुनिश्चितता बारेमा छलफल भएको जनस्वास्थ अधिकृत कुवँरले बताए ।

उक्त कार्यक्रमा बोल्दै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र्र कार्कीले वर्तमान स्वास्थ स्थिति, संरचना विद्यमान समस्या रहेको, स्वास्थ्य सेवा विस्तार तथा पहुँच विस्तार गर्ने र पूर्वाधार विकासको लागि जनशक्ति व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ