२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कोभिड-१९’ विरुद्धको लडाइमा शरीरको प्रतिरोधात्मक क्षमता यसरी बढाउनुहोस्

‘कोभिड-१९’ विरुद्धको लडाइमा शरीरको प्रतिरोधात्मक क्षमता यसरी बढाउनुहोस्


सिङ्गो विश्व ‘कोभिड-१९’ विरुद्ध एकजुट भएर लडिरहेको छ । यो लडाइमा सबैभन्दा महत्वपूर्ण कूरा भनेको आफ्नो प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनु अत्यन्त आवश्यक छ । किनभने यो भाइरस प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा प्रवेश गर्ने प्रबल सम्भावना हुने गर्छ । यसकारण आज हामी केहि विशेष उपाय बताउन जाँदै छौ जसले तपाईको प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । आउनुहोस जानौ ।

व्यायाम 

हाम्रो वरपरको वातावरणले गर्दा हामीलाई कयौं विरामीको चपेटामा पार्न सक्छ । हामी हरेक दिन केहि न केही शारीरिक गतिविधि गरिरहनु पर्ने हुन्छ। नियमित व्यायामले तपाईको प्रतिरोधात्मक क्षमतामा गतिविधिले प्रतिरक्षा प्रणालीको कोशीका र एन्टीबडी उत्पादन गर्नमा मद्दत गर्ने गर्छ । यसको मतलब यो हैन कि यदि तपाई ६० वर्ष भन्दा माथिको उमेर को हुनहुन्छ भने जीम जानु उपयुक्त हुन्छ । तर घरमा पनि छिट्टो हिड्नाले शरीरकोको  प्रतिरक्षा प्रणाली र मांसपेशीलाई बलियो बनाउने गर्छ । यदि तपाई आफ्नो इम्युनिटी बढाउन चाहानुहुन्छ भने विहान १५ देखि २० मिनेटसम्म घरमै शारीरिक कसरत गर्नुहोस । ब्यायामले उच्च रक्त चाप सन्तुलनमा रहनुको साथै शरीरको वजन पनि बढ्न दिदैन । यसको साथै शरीरमा लाग्ने रोगहरुसँग लड्ने तागत पनि मिल्ने गर्छ ।

धुम्रपान र मद्यपानलाई भन्नुहोस ‘नो’

धुम्रपान र मद्यपान आज एउटा चलन नै बनिसकेको छ । पुरुष मात्रै हैन महिलाहरु पनि धुम्रपानबाट टाढा छैनन् । यो उनीहरुको स्वास्थ्यको लागि निकै घातक साबित हुँदै जान्छ । सन्तान नहुने बढ्दो समस्याको एक कारण यो पनि हुनसक्छ । धुम्रपान र मद्यपानले कयौं खालका क्यान्सर हुने खतरा बढ्ने गर्छ । यसकारण रक्सिबाट टाढा रहनुहोस, रक्सि पिउनु आजभोली सामान्य बनेको छ । पिउने व्यक्ति आज आफुलाई गौरवशाली मान्छन । तर यसले लिभरलाई हानी पुर्याउछ । यसकारण तपाई लामो आयु चाहानुहुन्छ भने तुरुन्तै रक्सि छोड्नुहोस् ।

ड्राईफ्रुट्स पनि फाइदाजनक मानिन्छ

केहि व्यक्ति ड्राईफ्रुट्स मोटो हुने डरले खाने गर्छन । तर ती व्यक्तिहरुको मनको भ्रम हो । ड्राईफ्रुट्समा पाइने भिटामिन, खनिज, फाइबर आदिको उच्च मात्राको कारण तपाइको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ ।

‘प्रोबायोटिक्स’ लिनुहोस्

हाम्रो शरीरमा ब्याक्टेरिया हुन्छ । जब शरीरमा खराब ब्याक्टेरिया बढ्छ तब हामी छिट्टै विरामी हुने गर्छौ । यसकारण दहिलाई आफ्नो भोजनमा समाबेश गर्नुहोस । यसले तपाईको प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

पर्याप्त सुत्नुहोस

विभिन्न चिकित्सा अध्ययनबाट पत्ता लागेको छ कि जो व्यक्ति पर्याप्त सुत्दैनन उनीहरुलाई स्वास्थ्य विग्रिने जोखिमबाट धेरै प्रभावित हुन्छन । निन्द्रको खराव गुणबक्ता पनि युवा र स्वस्थ मानिसमा प्रतिरक्षा कम हुन सक्छ । पूरा निन्द्राले शरीरको सूजन र संक्रमणसँग लड्ने शक्ति प्रदान गर्दछ । यसकारण इम्युनिटी पाउर बढाउन कम्तिमा पनि ७-८ घण्टा सुत्नु आवश्यक छ ।

पानी र हरियो सागसब्जी खानुहोस्

रोग प्रोरतिरोधक क्षमता बढाउनको लागि हरियो सागसब्जी फाइदाजनक हुने गर्छ । यसको रसले शरीरमा भएको विषाक्त पदार्थलाई निकाल्ने काम गर्छ । तरकारीमा भरपुर मात्रामा क्याल्सियम, फाइबर, भिटामिन पाइन्छ । जसले शरीरको विषाक्त निकाल्न्न मात्र नभई  शरीरलाई काम गर्ने शक्ति पनि बढाउँछ ।

आइरन, कोपर, फोलिक एसिड, भिटामिन  ‘ए’, ‘बी’ र ‘सी’ले तपाईको रोग प्रोरतिरोधक क्षमता बढाउँछ । यो पौष्टिक आहारले कुनै रोगबाट संक्रमित वा रोगबाट लड्ने शक्ति प्रदान गर्छ ।

तनाव कम गर्नुहोस

तनाब र प्रतिरक्षा प्रणालीको कुनै प्रत्यक्ष सम्बन्ध छैन । तर तनाव र तपाइको महत्वपूर्ण शारीरिक कार्यको बीचमा बहने पक्कै सबन्ध छ ।  समयको साथै तनाव शरीरको प्रतिरक्षालाई कम गर्ने गर्छ र हृदय सम्बन्धि रोग र मनोवैज्ञानिक मुद्दा जस्ता प्रमुख स्वास्थ्य चिन्तालाई बढाउन सक्छ ।  प्रतिरोधात्मक क्षमता बढाउनको लागि तनावलाई प्रतिवन्धित गर्नु आबश्यक छ ।

स्वच्छता कायम राख्नुहोस्

खाना खानु अघि र पछि आफ्नो हातलाई साबुन र पानीबाट धुने, खाना बनाउने, शौचालयको प्रयोग गर्नु, सफाई गर्नु र कुनै रोगबाट संक्रमित व्यक्तिलाई हेरचाह गर्ने व्यक्तिले त झनै हात धुनु अनिवार्य छ ।  वृद्धलाई झनै साबुन पानीले हात धुनु अतिआवश्यक छ किनभने युवाको दाजोमा वृद्धलाई संक्रमण हुने ज्यादा सम्भावना हुन्छ। यदि साबुन र पानी छैन भने स्यानिटाईजरको उपयोग गर्नु पर्दछ ।

शरीरको प्रतिरोधात्मक क्षमता बढाउनको लागि अपनाउनुहोस यी टिप्स :   

  • एक स्वस्थ जीवनशैलीको पालना गर्नुहोस ।
  • पर्याप्त सुत्नुहोस।
  • तपाईको वरपर कोरोना भाइरस जस्तो रोग फैलिरहेको छ भने फल र हरियो सागसब्जी खानुहोस ।
  • हालको मौसममा भिटामिनयुक्त खानेकुरा खानाले कोभिड जस्ता भाइरससँग लड्ने क्षमता मिल्नेछ ।
  • विहान सन्तुलित आहारयुक्त नाश्ता गर्नुहोस । दिउँसो खाजामा दहि पनि खानुहोस ।
  • रातमा खाना कम खानुहोस ।
  • खाना खाने वित्तिकै सुत्नु भने हुदैन ।
  • योग र प्राणायाम जीवनको महत्वपूर्ण भाग हो। जुन सबै उमेरका मानिसको लागि लागु हुन्छ ।
  • कोरोना भाइरस कमजोर फोक्सो माथि चाँडो हमला गर्ने गर्छ । त्यसकारण योग र प्राणायाम गर्नुहोस जसले फोक्सोलाई बलियो बनाउन मद्दत गर्छ ।

विश्वभर तीव्ररुपले फैलिरहेको ‘कोभिड १९’ को सामना गर्नको लागि कयौ महत्वपूर्ण सावधानी अपनाउने प्रयास भईरहेको छ । तर विशेषज्ञको अनुसार कमजोर प्रतिरोधात्मक क्षमता हुने व्यक्तिलाई कोभिड संक्रमण हुने सम्भावना ज्यादा हुने हुँदा त्यस्ता व्यक्तिले सावधानी अपनाउनु जरुरी छ । वृद्धावस्था एक प्राकृतिक प्रक्रिया हो जसमा विभिन्न अवस्था हुने गर्छ। यस्तो अवस्थामा कमजोर प्रतिरक्षा कोशीकाहरु उत्पादन गर्दछ । यदि शरीरमा प्रतिरक्षा कम छ भने भाइरस, फ्लू, सजिलै शरीरमा प्रवेश गर्छ वृद्धावस्था एक प्राकृतिक प्रक्रिया हो जसमा विभिन्न अवस्था हुने गर्छ। अहिले बढ्दो कोरोना संक्रमणबाट लड्नको लागि प्रतिरोधात्मक क्षमता बलियो बनाउनु अत्यन्त आवश्यक छ । यो लेखमा बताइएको उपाय अपनाउनाले शरीरको प्रतिरोधात्मक क्षमता सजिलै बढ्छ  ।

-एजेन्सी


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ