२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना (कोभिड-१९) संक्रमणः एकै दिन ५९०० बढीको मृत्यु

कोरोना (कोभिड-१९) संक्रमणः एकै दिन ५९०० बढीको मृत्यु


कोभिड १९ को संक्रमणका कारण बिहिवार एकै दिन झण्डै ६ हजार मानिसले ज्यान गुमाएका छन् । बिहीबार ५ हजार ९ सय ७४ जनाले ज्यान गुमाएका हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले संक्रमण फैलिएपछि एकै दिन यति धेरै मानिसको मृत्यु भएको पहिलो पटक भएको उल्लेख गरेका छन् । बिहीबार सबैभन्दा बढी फ्रान्समा मृत्यु भएको छ । त्यहाँ एकैदिन १३ सय ५५ जनाले ज्यान गुमाएका छन् । योसँगै फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार कटेको छ ।

त्यसैगरी अमेरिकामा ९ सय ६८, स्पेनमा ९ सय ६१, इटालीमा ७ सय ६० को मृत्यु भएको छ । युकेमा ५ सय ६९, बेल्जियममा १ सय ८३, जर्मनीमा १ सय ७६ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । त्यसैगरी, नेदरल्याण्डमा १ सय ६६, इरानमा १ सय २४ र ब्राजिलमा ८२ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणका कारण हालसम्म सबैभन्दा बढी इटालीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । दोस्रोमा स्पेनमा १० हजार ३ सय ४८, तेस्रोमा अमेरिकामा ६ हजार ७०, फ्रान्समा ५ हजार ३ सय ८७ को मृत्यु भएको छ ।

कोभिड-१९ सम्बन्धी जानकारी दिने अनलाइन वर्ल्ड मिटरमा उल्लेख भएअनुसार बिहीबार ७९ हजार ५ सय ५१ नया संक्रमित थपिएका छन् । यो सँगै विश्वभर संक्रमितको संख्या १० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ५३ हजार १ सय ६६ पुगेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ