२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यआईपिल सेवन : फाइदा एक साइड इफेक्ट अनेक

आईपिल सेवन : फाइदा एक साइड इफेक्ट अनेक


औषधिको रुपमा खाइने गर्भ निरोधात्मकका विभिन्न उपाय मध्ये एक हो  आई–पिल । हार्माेन प्रकृयामा आधारित रहि गर्भ बस्नबाट बचाउने यस आई–पिलको सेवनलाई धेरैले सजिलो गर्भनिरोधकका रुपमा लिएका छन् । तर, के तपाईलाई थाहा छ ? यसको प्रयोग तपाईका निम्ति घातक पनि बन्न सक्छ?

यसको सेवनले तपाईलाई गर्भवति हुनबाट त बचाउला तर के तपाईले याद गर्नु भएको छ यससँगै बोनस स्वरुप तपाईमा विभिन्न साइड इफेक्टहरु समेत उत्पन्न गराउँछ?

शरीरको संरचना अनुरुप यसका प्रभाव व्यत्तिमा भिन्न–भिन्न प्रकारले देखिन्छ । तर, महिलामा आई–पिल सेवनपछि देखिएका केहि साझा साइड इफेक्ट भने यसप्रकार  छन्ः

रक्तश्रावका धब्बाहरु देखिनु,

सामान्यतयाः महिनावारीको क्रममा योनिश्रावलाई सामान्य रुपमा लिइन्छ । तर, यसबाहेक आईपिल लिन शुरु गरेको ३ महिनासम्म कोहिमा योनीबाट श्राव भई रगतका टाटाहरु देखिने हुन्छ । यदि कुनै पनि डोज नछुट्याई नियमित रुपमा आई–पिलको सेवन गरिन्छ भने त्यस क्रममा यो थप प्रभावकारी रहन्छ र यस्ता समस्या देखा पने सम्भावना रहन्छ ।

यसको सेवनले योनीलाइ सुख्खा राख्नु पनि योनिश्रावको अर्काे कारण हुन् । तर, यदि पिलको सेवन गर्ने क्रममा ५ दिनसम्म लगातार रक्तश्राव भयो वा ३ दिनसम्म अधिक रक्तश्राव हुन थालेमा तपाईले तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

वाकवाक लाग्नु,

केहि महिलामा आई–पिलको सेवन पश्चात् वाक्वाकि लाग्ने लक्षण पनि देखा पर्दछ । थोरै समय मात्र देखा पर्ने यस्तो समस्या केहि बेरमा स्वतः हराएर जान्छ । केहि खाएर वा आराम गरेर पनि यस्ता समसयाबाट छुटकारा पाउन सकिन्छ ।

छाती वृद्धि वा संवेदनशिल हुनु,

गर्भ बस्न नदिने आई–पिलको सेवनले स्तन वृद्धि हुनुका साथै स्तनलाई संवेदनशिल बनाउन पनि मद्दत गर्दछ । यस्तो परिवर्तन विशेषगरी आई–पिल सेवन गरेको केहि हप्ता पछि देखिन थाल्छ । यस्तै स्तन कोमल हुने हुँदा छातीमा गाँठाहरु पनि देखिन सक्छ । जसले महिला असह्य पिडाको शिकार समेत हुन सक्छिन् । यद्यपि यस्तो समस्याबाट छुटकारा पाउनका लागि महिलाले खुकुलो ब्रा लगाउन सकेता पनि निकै पिडादायी भएमा चिकित्सकसँग आवश्यक सर–सल्लाह समेत लिनुपर्दछ ।

टाउको दुखाई र माइग्रेन,

गर्भ निरोधक आई–पिलको अर्काे साइड इफेक्ट भनेको टाउको दुखाइ र माइग्रेन पनि हो । भिन्न–भिन्न प्रकारको हार्माेन डोजका अनुसार महिलामा सोहि किसिमको समस्याहरु देखा पर्दछ । यद्यपि न्युन डोज भएका पिलले भने यस्ता समस्या देखिनबाट बचाउन सक्छ । तर, यस्ता समस्या कसैमा विस्तारै देखा परी क्रमिक रुपमा वृद्धि हुँदै जान पनि सक्दछ । त्यस्तो अवस्थामा भने तपाईले थप स्वास्थ्य जाँच गर्नुपर्दछ ।

वजन बढ्नु,

हालसम्म आईपिलको सेवन र वजन बढ्ने सम्बन्धि कुनै पनि आधिकारिक क्लिनिकल अध्ययन नभएता पनि आई–पिल सेवनकर्ता महिलाहरु भने यसको प्रयोगपछि स्तन एवम् हिपको आकारमा वृद्धि आएको बताउँछन् । केहि अन्वेषकहरुको समिक्षा अनुसार भने आई–पिल सेवनपश्चात् महिलाहरु ४.४ पाउण्डसम्म मोटाउँछन् ।

मुड परिवर्तन,

अध्ययनले बताए अनुसार आई–पिल सेवनले महिलामा मुड स्विंगमा हुने परिवर्तन समेत निम्त्याउँछ । यसको सेवनले महिलामा मुड स्विंगको समस्या निम्त्याउँछ भन्ने कुराको प्रमाण मेडिकल क्षेत्रले समेत गरेको छ ।

महिनावारीमा ,

आई–पिलको नियमित एवम् उचित सेवन गर्दा गर्दै पनि महिलामा महिनावारी गडबढी हुने समस्या देखा पर्दछ । यसको प्रभाव महिनावारीलाई ढिलो चाडो गराउनुका साथै यस समयमा हुने रक्तश्रावमा समेत देखा पर्दछ । यस्तै, यसले महिलामा तनाव एवम् हार्माेनको गडबढि उत्पन्न गराउदै महिलामा थाइराइडको समेत समस्या निम्त्याउने सम्भावना प्रबल रहन्छ ।

यौनकिडाप्रतिको घट्दो रुचि, 

आई–पिल भनेको हार्माेनमा असन्तुलन निम्त्याउने पिल पनि हो । जसकारण यसले महिलाको कामवासना प्रतिको रुचिलाई समेत घटाउँछ । मेडिकल अधिकारीहरुले दिएको जानकारी अनुसार, त्यस्ता महिलामा यौन भनेपछि चिडचिडाहट हुने समस्या समेत देखा पर्दछ ।

आँखाको परिवर्तन,

आँखाको कर्नियामा परिवर्तन देखिनुका विभिन्न कारणमध्ये आई–पिलको सेवन पनि एक हो । आई–पिल र आँखाको सम्बन्ध प्रत्यक्ष नभएता पनि यदि तपाई कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने त्यो पहिले जस्तै सजिलै तपाईको आँखामा फिट नहुन सक्छ । तसर्थ, आफूमा यस्तो परिवर्तन देखा परेमा तपाईले आफ्नो आँखा विशेषज्ञसंग आवश्यक सल्लाह लिनु उचित हुन्छ ।

– मेडिकल न्युजबाट साभारित ।


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ