२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना अलर्ट : भिडभाड हुने इनडोर स्पेसमा पनि मास्क लगाउ, पसल कार्यालयको ढोका-झ्याल खोलेर बसौं

कोरोना अलर्ट : भिडभाड हुने इनडोर स्पेसमा पनि मास्क लगाउ, पसल कार्यालयको ढोका-झ्याल खोलेर बसौं


कोरोना भाइरस अर्थात कोभिड-१९ हावामा फैलिने वैज्ञानिकहरुको दावी छ। उक्त भाइरस एक कोठाको औसत लम्बाई बराबर स्थानसम्म फैलिएर करिब ३ घण्टासम्म हावामा रहन सक्छ। यसबाट अत्यन्तै खतरा यस्तो बन्द ठाउँमा हुन्छ जहाँ भिडभाड ज्यादा हुन्छ र भेन्टिलेशनको समस्या हुन्छ।

३२ देशका २ सय ३९ वैज्ञानिकले हावाको माध्यमबाट भाइरस फैलने विश्व स्वास्थ्य संगठनलाई जनाएका छन्। संगठनले पनि यस आशंकालाई नजरअन्दाज गर्न नसकिने उल्लेख गरेको छ।

अमेरिकाको ‘रिसर्च यूनिभर्सिटी भर्जीनिया टेक’का एयरोसोल विशेषज्ञ डा. लिन्से मरजस्ता अनुसन्धानकर्ताले समेत कोरोना हावामा फैलने दावी गरेका छन्। ‘हावामा यो सानो कण वा एयरोसोल हाछ्युं वा खोकीबाट निक्लने ड्रोपलेट्सको तुलनामा कस्तो खालको र कति भाइरस फैलन्छ भन्ने कुरा अहिले नै स्पष्ट भएको छैन।’, डा. लिन्से भन्छन्, ‘एयरोसोल तब रिलिज हुन्छ जब कुनै बिना लक्षण वाला व्यक्ति श्वास लिने र कुरा गर्ने गर्छन।’

‘एयरबोर्न’ भाइरसबाट हुने खतराबाट चिन्तित हुनहुन्छ भने यसरी बच्न सकिन्छ ;

  • भिडभाड हुने ठाउँमा कम समय बिताउनुहोस्। भेन्टिलेसन भएको स्थानमा धेरै बस्नुहोस।
  • कुनै पनि गुम्म परेको ठाउँमा जाँदै  हुनहुन्छ भने इन्डोरमा मास्क लाउने गर्नुहोस। पसल र कार्यालय आदिको झ्याल-ढोका खुल्लै राख्नुहोस।
  • कपडाबाट बनेको मास्कले पनि एयरबोर्न भाइरसको खतरा कम गर्न सकिन्छ तर राम्रो गुणस्तरको मास्क मात्रै प्रयोग गर्नुपर्दछ।
  • घर, कार वा अफिसमा हुँदा एसीमा फिल्टरलाई अपग्रेड गर्नुहोस। भिड हुँदा एसीको सेटिङ्गको आउटडोर एयरमा सेट गर्रनुहोस। ‘रिसर्कुलेटेड एयर’को सेटिङ्ग बन्द गर्नुहोस।
  • अफिस र ठुलो भवनमा राम्रो गुणकारी एयर प्यूरीफायरको प्रयोग बढाउनुहोस।
  • इनडोर स्पेसमा अल्ट्राभ्वाइलेटका प्रयोग गर्नुहोस। यसले भाइरसलाई नाश गर्न मद्दत गर्छ।
  • भिडभाड भएको ठाउँमा मास्कसँगै फेस शिल्डको पनि प्रयोग गर्नुहोस। यसबाट सुरक्षा बढ्नेछ।

यस अबस्थामा लक्षण नदेखिने बिरामी ज्यादा खतरनाक

बाहिर निक्लनु अघि चश्मा लगाउनुहोस। जहाँ सेन्ट्रलाइज्ड एसी चलाइने गरिन्छ र भिड हुने गर्छ त्यहाँ हावामा भाइरस हुने आशंका धेरै हुन्छ। यदि कुनै संक्रमित व्यक्तिलाई खोकी लाग्दा र हाछ्युं गर्दा हावा चलिरहेको छ भने त्यहाँ वरपर रहेका व्यक्तिमा संक्रमणको खतरा ज्यादा हुने गर्छ। यस्तोमा मास्कको प्रयोग अनिवार्य रहन्छ। बिना लक्षणवाला बिरामी यस्तो अवस्थामा बढी खतरनाक साबित हुने गर्छन।

– न्यूयोर्क्स टाइम्सबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ