२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना विरुद्ध अक्सफोर्डद्वारा निर्मित खोप देखियो प्रभावकारी, परीक्षण आशाजनक

कोरोना विरुद्ध अक्सफोर्डद्वारा निर्मित खोप देखियो प्रभावकारी, परीक्षण आशाजनक


अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्ध लड्नको लागि सुरक्षित खोप तयार पारेको छ। १ हजार ७७ जनामा गरिएको सो नयाँ खोपको परीक्षणले एन्टिबडी र सेतो रक्त कोषहरू बनाइ कोरोनासँग लड्न सक्ने देखिएको छ।

उक्त नयाँ खोपको नतिजा आशाजनक देखिएको भएता पनि यसले पर्याप्त सुरक्षा प्रदान गर्छ र वृहत परीक्षण कस्तो हुनेछ भन्ने बारे अझै जान्न जरुरी रहेको विज्ञ बताउँछन । बेलायतले यस खोप बन्न नपाउँदै १० करोड डोज अर्डर गरिसकेको छ।

खोपले कसरी काम गर्दछ?’

‘ChAdOx1 nCoV-19’ – नाम रहेको यो नयाँ खोपको तीव्ररुपमा विकास भइरहेको छ। यो आनुवांशिक इञ्जिनियरबाट तयार गरिएको भाइरसबाट बनेको छ जुन चिम्पान्जीहरूमा सामान्य चिसो गराउने काम गर्छ। यो नयाँ खोप धेरै नै परिमार्जन गरिएको छ। त्यसकारण पहिले यसैले व्यक्तिमा कुनै किसिमको संक्रमण गराउन सक्दैन र यो हेर्दा भने कोरोनाभाइरस जस्तै देखिन्छ।

कोरोना भाइरसको “स्पाइक प्रोटीन” को आनुवंशिक जुन हाम्रो कोशिकामा आक्रमण गर्न प्रयोग गर्ने महत्त्वपूर्ण उपकरणलाई उनीहरूले विकास गरिरहेका खोपमा स्थानान्तरण गरेका हुन्। यसको मतलब खोप कोरोना भाइरससँग मिल्दोजुल्दो छ र प्रतिरक्षा प्रणालीले कोरोनालाई कसरी आक्रमण गर्ने भन्ने बारे सिक्न सक्छ।

एन्टिबडी र ‘टी-सेल’हरू के हुन्?

कोभिड-१९ मा हालसम्म सबैजना एन्टिबडीमै केन्द्रित रहेको पाइन्छ। तर यी हाम्रो प्रतिरक्षाको एक भाग मात्र हुन्। एन्टिबडीहरू भाइरसको सतहमा छुन प्रतिरक्षा प्रणालीद्वारा बनाइएको सानो प्रोटीन हो। तटस्थ रहेका एन्टिबडीहरूले कोरोना भाइरसलाई असक्षम पार्न सक्दछ। टी-सेलहरू भनेको एक प्रकारको सेतो रक्त कोषहरू हो जुन प्रतिरक्षा प्रणाली समन्वय गर्न मद्दत गर्दछ र शरीरको संक्रमित भएको तन्तुलाई नष्ट पार्न सक्षम हुन्छन । लगभग सबै प्रभावकारी खोपहरूले एन्टिबडी र टी-सेललाई राम्रो प्रतिक्रिया दिन्छ। खोप लगाइएको १४ दिन पछि ‘टि सेल ‘र २८ दिन पछि एन्टीबडीको स्तरमा वृद्धि गर्दछ। दीर्घकालीन प्रतिरक्षा कस्तो हुन्छ ? भनेर बुझ्नको लागि यसबारे अध्ययन लामोसम्मको लागि भएको छैन ।

के यो सुरक्षित छ?

छ, तर यसमा साइड इफेक्ट पनि छन्। खोप लिनबाट कुनै खतरनाक साइड इफेक्टहरू छैनन्, तर परीक्षण गरिएकोमा ७० प्रतिशत मानिसहरूलाई ज्वरो आउने वा टाउँको भने दुखेको थियो। अन्वेषकहरू भन्छन कि यो प्यारासिटामोलको प्रयोगले ठिक हुनसक्छ।

युके युनिभर्सिटी अफ अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर सारा गिलबर्ट भन्छिन्, ‘हाम्रो खोपले कोभिड-१९ महामारीको व्यवस्थापन गर्न मद्दत गर्छ भनेर हामीले पक्का गर्नुभन्दा पहिले अझ यसमा धेरै कामहरू गर्नुपर्ने बाँकी छ, तर यी प्रारम्भिक नतीजाले वचन भने दिन्छ।’

-बीबीसीबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ