२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य१ करोड संक्रमित कोरोनामुक्त

१ करोड संक्रमित कोरोनामुक्त


कोभिड-१९को संक्रमण विश्वभरमा तीव्ररुपमा फैलिरहेको छ । कयौं संक्रमितले कोरोनाबाट ज्यान पनि गुमाइरहेका छन् । तर यसैबीच कोरोनालाई मात दिँदै स्वस्थ हुने संक्रमितको संख्या पनि निकै बढिरहेको छ । आइतबारसम्म गरेर कोरोना मुक्त हुनेको संख्या १ करोड नाघेको छ ।

विश्वभर गरेर हरेक दिन दुई लाखभन्दा बढी मानिसहरु निको भएका छन् । कोरोना विरामी ठिक हुने दर, संक्रमण बढ्ने र मृत्युदरभन्दा बढी छ । संक्रमण १०.५ प्रतिशतको दरले बढिरहेको छ ।भने मृत्युको तथ्यांक ५. ६ प्रतिशत बढिरहेको छ । तर ठिक भएर घर जानेको संख्या १३ प्रतिशतले बढेको छ ।

८ महिनामा १. ६२ करोड मानिस संक्रमित

आठ महिनामा कोरोना भाइरसबाट विश्वभरमा १ करोड ६२ लाखभन्दा बढी संक्रमित बनेका छन् । जबकी ६ लाख ४९ हजार ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् । तर हाल सक्रिय संक्रमितको संख्या ६२ लाख रहेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ