२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेदरल्याण्डमा नयाँ कानुन : १ देखि १२ वर्षसम्मका गम्भीर विरामी बच्चालाई चिकित्सकले नै मृत्यु दिन पाउने

नेदरल्याण्डमा नयाँ कानुन : १ देखि १२ वर्षसम्मका गम्भीर विरामी बच्चालाई चिकित्सकले नै मृत्यु दिन पाउने


नेदरल्याण्डको डच सरकारले गम्भीररुपका विरामी बच्चाको जीवनको अन्त्य गर्न अनुमति दिएको छ। अब त्यहाँका चिकित्सकले आफ्नो तरिकाबाट विरामी बच्चाको जीवनको अन्त्य गर्न सक्नेछन।

तर त्यसको लागि विरामीको बुबा-आमासँग भने अनुमति लिनु पर्ने हुन्छ। तर अर्कोतर्फ भने यस निर्णयबाट चिकित्सा क्षेत्रमा मृत्यु दिनेकुरालाई लिएर बहस चलेको छ।

यदि औषधीको सहायताबाट मात्रै बच्चालाई जिउँदो राखिन सक्ने भए यस प्रकारको मृत्यु दिनुपर्छ भन्ने केहि संगठनले भनेका छन्। प्राय विशेषज्ञ र कानून निर्माता पनि यस नयाँ कानुनबाट सहमत छन्।

वास्तवमा नेदरल्यान्ड्मा एकवर्षसम्म गम्भीर प्रकृतिको रोगबाट ग्रसित बच्चाको मृत्यु दिने अनुमति मिलेको हो। यसलाई लिएर डचका स्वास्थ्यमन्त्री ह्यूगो डी जोङ्गले विरामी बालकको मृत्यु दिने कानुनको विस्तारको प्रस्ताब राखेका थिए। जहाँ १२ बर्षसम्मका बालबालिकालाई समावेश गरिएको छ।

उनले मंगलबार संसदमा भने, ‘केहि बच्चा निकै रोगी हुने गर्छन। जसमा कुनै किसिमको सुधार आउने आशा हुँदैन। उनीहरु अनावश्यक रूपमा पिडित हुने गर्छन। हरेक वर्ष लगभग ५ देखि १० बालबालिका यसबाट प्रभावित हुने गर्छन।’

‘यदि कुनै बच्चा ‘असहनीय र निराशाजनक पीड़ा’ को सामाना गर्दै छन् भने उसको जीवन को समाप्त गर्न सकिन्छ। यसमा चिकिस्ता क्षेत्रको सहायता हुनसक्छ।’ ,अहिले यो कानुन पास भएको छ।’ उनले थपे।

नयाँ कानुनलाई लिएर विशेषज्ञ भन्छन,  ‘नेदरल्यान्ड सरकार चिकित्सा सहायताबाट यस्तो मृत्यु दिने पक्षमा छ जो ठिक हुने सम्भावना पटक्कै छैन।’

३ यूरोपीय देशमा छ यो प्रावधान

लक्जमबर्ग, बेल्जियम र स्विटजरल्याण्डले चिकित्सकको सहायताबाट प्राप्त हुने मृत्युको अनुमति दिएको छ। तर यो कानुन हरेक देशमा फरक-फरक हुने गर्छ। बेल्जियममा एक डाक्टरको मद्दतबाट बच्चालाई मृत्यु दिने अनुमति छ तर लक्जमबर्गमा यो कानुन गम्भीर रोगी रहेका वयस्कसम्म सिमित छ।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ