२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको नयाँ स्वरूप पुरानो भाइरसभन्दा ५६ प्रतिशत बढी खतरनाक : अध्ययन

कोरोनाको नयाँ स्वरूप पुरानो भाइरसभन्दा ५६ प्रतिशत बढी खतरनाक : अध्ययन

संक्रमणदर र मृत्युदर बढ्ने उच्च जोखिम


ब्रिटेनमा फैलिएको कोरोनाको नयाँ स्वरूप पुरानो भाइरसभन्दा ५६ प्रतिशत बढी खतरनाक रहेको पाइएको  छ। नयाँ स्ट्रेनको भाइरसलाई लिएर वैज्ञानिकहरुले गरेको एक अध्ययनबाट नयाँ भाइरस ५६ प्रतिशत बढी खतरनाक रहेको पाइएको हो।

यस नयाँ स्ट्रेनको भाइरसबाट ठुलो संख्यामा मृत्यु हुन सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। वैज्ञानिहरुले ब्रिटेनमा चाँडो टीकाकरणको कार्य शुरू गर्न अपिल समेत गरेका छन्।

लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनमा सेन्टर फर म्याथम्याटिकल मोडलिङ अफ इनफेक्शियस डिसीजको प्रकाशित अनुसन्धान अनुसार नोभेम्बरमा दक्षिणपूर्वी इंग्ल्याण्डमा तीव्ररुपले फैलिरहेको यस स्ट्रेनको कारण अघिल्लो वर्ष अस्पतालमा भर्ना हुने कोभिड-१९ संक्रमितको संख्या धेरै बढ्ने र मृत्युको केस पनि धेरै हुनेछ।

यता, केहि अनुसन्धानकर्ताहरुले भने अहिले नै नयाँ स्ट्रेन पुरानो भेरिएन्टभन्दा ज्यादा वा कम खतरनाक छ भनेर भन्न नसकिने बताए। उनीहरुको अनुसार संक्रमण दर तीव्ररुपले वृद्धि भएसँगै आउँदो २०२१ सम्म कोरोनाका बीरामीको मृत्यु र अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा वृद्धि आउनेछ।

यस्तोमा बायोएनटेकका फाउण्डरले भने, ‘हाम्रो भ्याक्सिन यस मयुटेट भाइरसमा पनि असरदार सावित हुनसक्छ। यदि भएन भने आउने ६ हफ्तामा त्यसको लागि भ्याक्सिन तयार गरिनेछ।’

-एजेन्सी


क्याटेगोरी : अन्य
ट्याग : #corona new strain virus, #कोरोना


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ