२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोभिसिल्ड निर्माण भैरहेको भवनमा आगलागी

भारतमा कोभिसिल्ड निर्माण भैरहेको भवनमा आगलागी


भारतमा कोरोना खोप (कोभिसिल्ड) बन्दै गरेको गरेको उद्योगमा आगलागी भएको छ । महाराष्ट्रस्थित पुणेमा कोभिसिल्ड बन्दै  गरेको उद्योग सिरम ईन्सच्युडमा आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगलागी भएता पनि खोप र खोप निर्माण हुने मेसिन भने सुरक्षित रहेको बताइएको छ ।

भारतीय संचारमाध्यमका अनुसार कोरोना खोप (कोभिसिल्ड) ठुलो मात्रामा उत्पादन तयारी सोही प्लान्टमा भैरहेको छ।  उक्त भवनको एक भागमा आगो लागेको हो ।

सेरमले भारतमा अक्सफोर्ड–अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ