२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको नयाँ स्वरूप विरुद्ध खोप बनाउन जुटे अक्सफोर्डका वैज्ञानिक

कोरोनाको नयाँ स्वरूप विरुद्ध खोप बनाउन जुटे अक्सफोर्डका वैज्ञानिक


कोरोनाविरुद्ध पहिलो खोप तयार पार्ने अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु अब कोरोनाको नयाँ स्वरूप विरुद्ध खोप बनाउन जुटेका छन्। नयाँ स्वरूपको संक्रमण वृद्धिलाई मध्येनजर गर्दै उनीहरु नयाँ खोपको निर्माणको तयारीमा लागेका हुन्।

अक्सफोर्डको खोपका मुख्य सुत्रधार वैज्ञानिक प्रो. साराह गिलबर्टले परीक्षणको नतीजा फ्रेवअरीको मध्येसम्म आउने बताए।

‘खोप नयाँ स्वरूपमा प्रभावकारी हुने तर प्रभावमा अन्तर देखिएमा प्रयोगशालास्थित सेल कस्चरको मद्दतबाट केहि परिवर्तन गरी एकदिन भित्र सम्भव हुन्छ।  त्यसपछि खोपले नयाँ स्वरूप विरुद्ध पनि काम गर्नेछ।’ ,उनले भने।

सो युनिभर्सिटीला वैज्ञानिकहरुले आफ्नो टोलीका सदस्यहरु हरेक भाइरस रुपमा ध्यान दिइरहेको जनाए। यस वर्षमा नयाँ स्वरुपको पहिचान हुने आशा रहेको एक वैज्ञानिकले बताए। उनले भने, ‘यदि खोपमा कुनै खालको परिवर्तन भएमा त्यसको उत्पादन र वितरणमा केहि फरक नपरोस भन्ने हाम्रो कम्पनीको प्रयास छ।’

विश्व स्वास्थ्य संगठनको अनुसार कोरोनाको नयाँ स्वरूप ६० वटा भन्दा बढी देशमा पुगिसकेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ