२०८३ असोज २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू हुने

एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू हुने


काठमाडौं– सरकारले चिकित्सा शिक्षा ऐनमा तोकिएको सरकारी स्वास्थ्य संस्थामा एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति सम्बन्धी प्रावधान यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गर्दै यसै शैक्षिक सत्रदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएका हुन् ।

पत्रमा साझा प्रवेश परीक्षा सम्बन्धी व्यवस्था भने आगामी शैक्षिक सत्रदेखि लागू गर्न उल्लेख छ । स्वास्थ्य खबर पत्रिकाको नवौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उक्त पत्र बाचन गरेका थिए । आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

सरकारले छात्रवृत्तिका लागि माग भएको ९० करोड रुपैयाँ पनि यहि आर्थिक वर्षको बजेटमा छुट्याएको उल्लेख गर्दै उनले छात्रवृत्तिको व्यवस्था यसै वर्षदेखि लागू हुने जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ