२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा बालबालिकामाथि भइरहेको एस्ट्राजेनेका खोपको ट्रायल रोक

बेलायतमा बालबालिकामाथि भइरहेको एस्ट्राजेनेका खोपको ट्रायल रोक


बेलायतमा ६ देखि १७ वर्षका उमेर वर्गमाथि भैरहेको अक्सफोर्ड- एस्ट्राजेनेकाको कोरोना खोपको ट्रायलमा रोक लगाइएको छ। अक्सफोर्ड यूनिभर्सिटीले आफै उक्त जानकारी दिएको हो।

एस्ट्राजेनेका भ्याक्सिन लगाउने केहिमा रगत जम्ने समस्या देखिएकोले उक्त फैसला लिइएको हो। उक्त केसलाई लिएर स्पष्ट जानकारी लिएपछि मात्र ट्रायल पुन संचालनमा आउने एस्ट्राजेनेकाले बताएको छ।

मंगलबार अक्सफोर्डका प्रवक्ताले भने, ‘ परीक्षणमा सुरक्षा मुद्दामा किन कोहि ध्यान दिदैन, तर कोरोना भ्याक्सिनको सम्भावित लिंकको जाँच गर्नको लागि बेलायत र यूरोपमा वयस्कमा रगतको थक्का जम्ने चिन्तालाई लिएर व्यापक चिन्ता देखिएको छ।’

अस्ट्रिया, एस्टोनिया, लिथुआनिया, लातभीया, लक्समबर्ग, डेनमार्क, बुल्गारिया, नर्वे, आइसल्याण्ड, स्लोभेनिया, साइप्रस, इटाली, फ्रान्स, जर्मनी र स्पेन सहित कयौं यूरोपीय देशले एस्ट्राजेनेका भ्याक्सिनको उपयोगको लागि रोक लगाएका छन्। यूरोपीय मेडिसिन्स एजेन्सीले भने  औषधीको उपयोग गर्न सिफारिस गरेको थियो। जसकारण कयौं राष्ट्रले पुन यसको खोप अभियान सुरु गरेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ