२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन पाक्छ आँखा ? कसरी बच्ने आँखा पाक्ने रोगबाट ?

किन पाक्छ आँखा ? कसरी बच्ने आँखा पाक्ने रोगबाट ?


आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ । यो अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्दछ । अन्यथा सानो लापरवाहीका कारण पनि आँखामा विभिन्न समस्याहरु देखा परी ज्योती नै गुम्न सक्ने डर पनि उत्तिकै रहन्छ । तसर्थ, हामीले आँखाको स्याहार उचित मात्रामा गर्नुपर्दछ ।

आँखामा देखिने विभिन्न समस्याहरुमध्ये आँखा पाक्ने समस्या एक प्रमुख समस्या हो । सामान्यतयाः बाह्रैै महिना देखिएता पनि गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ ।

गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ । तर, दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याइ सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।

किन पाक्छ आँखा ?

आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो । जसकारण यो एक ब्यक्तिबाट अर्काेमा सर्ने पनि हुन्छ । आफूबाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने हुन्छ ।

यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ । डाक्टरको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सहरुको प्रयोग र ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग लाग्दछ ।

आँखा पाक्ने रोगका लक्षण

  • आँखा रातो हुनु
  • आँसु आइरहनु
  • आँखा पोल्नु
  • कचिरा आउने तथा आँखा बिझाएजस्तो हुनु
  • घाममा हिड्न गाह्रो हुनु
  • उज्यालोमा हेर्न नसकिनु
  • आँखा सुख्खा भएर चिलाउनु
  • दृष्टि धमिलिदै जानु
  • आँखा तथा आँखा वरपर को भाग सुन्निनु ।

उपचार तथा बच्ने उपाय

यो रोग सरुवा रोग भएकोले जुनसुकै ब्यक्तिबाट जो कोहीलाई पनि सर्न सक्ने हुन्छ । सुरुवाती दिनमा यो रोगले खासै समस्या नपारेता पनि उचित समयमा उचित उपचार नगरेको खण्डमा यसबाट ब्यक्तिको आँखाको ज्योती नै गुम्न सक्ने डर हुन्छ ।

  • सकेसम्म बिरामीको सम्पर्कबाट बच्ने
  • आँखा सफा राख्ने
  • आँखामा पानीले छ्याप्ने गर्नु हुँदैन्
  • अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने
  • जथाभावी औषधिको प्रयोग नगर्ने
  • आँखाको सरसफाइमा विशेष ध्यान दिने
  • फोहोर हात वा हात नपखाली आँखा नमाड्ने
  • आँखा सम्बन्धि केही समस्या परेमा तुरुन्त डाक्टरसँग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्ने ।

    प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : अन्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ