२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा देखिएको ‘डबल म्यूटेन्ट’ भाइरस के हो ? कति खतरनाक छ ?

नेपालमा देखिएको ‘डबल म्यूटेन्ट’ भाइरस के हो ? कति खतरनाक छ ?


काठमाडौं—नेपालमा पहिलो पटक ललितपुरका एक युवामा कोरोना ‘डबल म्यूटेन्ट’ भाइरस देखिएको छ । ‘डबल म्युटेन्ट’ दृेखिएसँगै कोभिड—१९ सँग सम्बन्धित थप चिन्ताहरु बढेका छन् । वास्तवममा के हो त यो ‘डबल म्यूटेन्ट’ भाइरस ? हाम्रो लागि कति खतरनाक छ ?

के हो ‘डबल म्यूटेन्ट’ भाइरस ?

वैज्ञानिकका अनुसार ‘डबल म्यूटेन्ट’ शब्द भाइरसको एक नयाँ संस्करण जनाउँछ। जसमा पहिला देखिएका दुई भेरियन्टको विशेषता छ। तर, यसको वास्तविक वैज्ञानिक परिभाषा नभएको विज्ञहरुको भनाइ छ। यो भाइरसको एक अन्य नयाँ प्रजाति हो जुन आम मानिसमा नयाँ छ।

भारतीय सार्स कोभ—२ जीनोमिक्स कन्सोर्टियमद्वारा भारतमा पाइएको कोरोना भाइरसको पहिचानका लागि गरिएको जीनोम सिक्वेन्सिंगबाट नयाँ भेरियन्ट देखिएको थियो। जसमा ब्रिटेनको भाइरस बी.१.१.७ को ७ सय ३६ पोजेटिभ नमुना, दक्षिण अफ्रीकी भाइरस (लिनिएज बी.१.३५१ को ३४ पोजेटिभ नमुना र ब्राजिल लिनिएज) भाइरसको एक नयाँ केस देखिएको थियो। त्यसका साथै भारतको महाराष्ट्रबाट जुन नमुना लिइएको थियो त्यसमा ई४८४क्यू र एल४५२आर म्यूटेशनको अंश रहेको भेरियन्ट पाइएको थियो जसलाई ‘डबल म्यूटेन्ट’ भनिएको छ ।

‘डबल म्यूटेन्ट ’ भाइरस स्वास्थ्यको दृष्टिकोणले कति खतरनाक ?

हालै नेपालमा मिलेको ‘डबल म्युटेन्ट’ कतिको खतरनाक छ भन्ने कुरा अहिले नै साबित भैसकेको छैन। नयाँ प्रजाति अन्य दुई उत्परिवर्तन, ई४८४क्यु र एल४५२ आर उत्परिवर्तनबाट आनुवंशिक कोड समाबेस छ जुन पहिले नै विश्वव्यापी रूपमा फैलिएको थियो।

जबकी पहिला कोरोनाका यी दुवै उत्परिवर्तनहरू फरक-फरक भेरियन्टहरूमा पत्ता लगाइएको कारण उनीहरूको उच्च इन्फेक्टीविटी र ट्रान्समिशन दरहरूको विशेषता पनि फरक थियो । तर, यो पहिलो पटक हो कि तिनीहरू सँगै मर्ज भएका छन् । जसले गर्दा अहिले पत्ता लागेको भाइरस धेरै गुणा बढी संक्रामक र घातक बनाएको छ।

सरल शब्दमा भन्नुपर्दा डबल म्यूटेसन भाइरसमा फरक-फरक स्पाइक प्रोटिन छ। स्पाइक प्रोटीन भाइरस मानव कोशिकाहरुसँग आफूलाई जोडिन मद्दत गर्छ। र, त्यसपछि अङ्गमा आक्रमण गर्ने गर्छ। अहिले, स्ट्रेनको भेरिएन्ट स्पाइक प्रोटीनले भाइरसलाई मानव कोषहरूमा आफूलाई जोड्न मद्दत गर्दछ र त्यसपछि अंगहरू आक्रमण गर्दछ। अहिले नयाँ प्रकारहरूले स्पाइक प्रोटीनको संरचनालाई परिवर्तन गर्दछ, जसले मानव होस्ट कोषहरूसँग जोड्न र छिटो गुणा बढाउने काम गर्दछ जसले डराउने संक्रमण निम्त्याउँछ।

अहिले नै नयाँ उक्त प्रजातिले कति तीव्र रुपमा संक्रमण फैलाउँछ भन्ने कुनै पनि ठोस प्रमाण नपाइएको विज्ञहरु बताउँछन्। तर,  दोस्रो लहरको रफ्तारले भने डबल मयुटेन्टलाई दोष दिन सकिने विशेषज्ञहरुले उल्लेख गरेका छन्।

विशेषज्ञकाअनुसार, डबल म्यूटेटेन्ट अत्याधिक संक्रामक छ। यसले संक्रमण फैलाउने मात्र नभएर गम्भीर रोगहरुको कारण समेत बन्ने गर्छ।

केही विज्ञले भने उक्त भाइरस बदलिदो परिस्थितिमा आफुलाई ढाल्ने प्रयास गर्छ जसरी जंगलको विनाश भैरहेको उल्लेख गरेका छन् ।उनीहरुकाअनुसार जलवायुमा परिवर्तन आइरहेको छ। यो परिवर्तनमा काफी हदसम्म नयाँ प्रजाति पनि सँगसँगै आइरहेको छ।

प्रोसीडिंग्स अफ द रोयल सोसाइटी बीमा प्रकाशित एक अनुसन्धानकाअनुसार विश्वको तापमानमा भैरहेको वृद्धि, जीवमा भैरहेको नयाँ म्यूटेशन्सलाई झनै खतरनाक बनाउन सक्छ। जीवहरुको प्रोटीन कार्य प्रणालीमा परिरहेको हानिकारक प्रभावको कारण हुन सक्छ ।जसकारण जीवको जीनोममा परिवर्तन आउने गर्छ। यो नयाँ परिवेशमा यी जीवको लागि फाइदाजनक हुन सक्छ तर कयौं पटक यो उत्परिवर्तन जीवहरुमा नकारात्मक प्रभाव पनि पार्न सक्छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ