२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्लु लोटसले माइग्रेनको निःशुल्क परीक्षण गर्ने

ब्लु लोटसले माइग्रेनको निःशुल्क परीक्षण गर्ने


ललितपुर—अकुंपञ्चर विशेषज्ञसहित समूहबाट संचालित ब्लु लोटस हस्पिटल र यसका जोइन्ट भेन्चरहरु ॐ ब्लु लोटस हेल्थ होम, सातदोबाटो र ब्लु लोटस हेल्थ होम केयर, चुच्चेपाटीले टाउको दुख्ने र माइग्रेन सम्बन्धी निःशुल्क परीक्षण गर्ने भएका छन् । ब्लु लोटस र यसका ज्वाइन्ट भेन्चरहरुमा पुस १ गतेदेखि १० गतेसम्म माइग्रेन र टाउको दुखाइको निःशुल्क परीक्षण गरिने भएको हो ।

विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म परीक्षण हुने ब्लु लोटस व्यवस्थापनले जनाएको छ । ब्लु लोटस हस्पिटलका मेडिकल निर्देशक डा. सुरज कर्मचार्यकाअनुसार यो निःशुल्क परीक्षणको समयमा माइग्रेनको चेकजाँचकासाथै खानपान, जीवनशैली र माइग्रेनबाट छुटाकारा पाउने उपायसमेत सिकाइने छ।

‘ब्लु लोटसले विगत एक दशकदेखि अकुपञ्चरको जुन विशेषज्ञ सेवा दिएको छ । यो सेवा अन्यत्र सजिलै पाइदैन् र ब्लु लोटसको वहु-विशेषज्ञता नेपालमा माइग्रेनको उपचारमा कोसेढुंंगा सावित हुने विश्वास लिएको छु,’ उनले भने ।

माइग्रेनको उपचारमा आफूहरुले अब्बल सफलता पाइरहेको, बिरामी तथा आफन्तले दिनुभएको प्रतिक्रियाले आफू उत्साहित बनेको र आफूलाई माइग्रेनमुक्त समाजको परिकल्पना आउने गरेकोले त्यही गन्तब्यको लागि यो निःशुल्क परीक्षण गरिएको ब्लु लोटस हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले बताए ।

लामो समयदेखि माइग्रेनको उपचारमा संलग्न डा. कमल शर्मा, डा. ईश्वर ज्ञवाली, डा. लोकेश कर्ण, डा. नानु गुरुङ, डा. प्रसिद्ध खड्गी, डा. प्रशन्न तिवारीलगायतले माइग्रेनको उपचारमा आफूहरुले सोचेभन्दा राम्रो नतिजा पाएको, उपचारको लागि आएकाहरु प्रायः सबै बिरामी निको भएकोले यदि कसैलाई टाउको दुख्ने वा माइग्रेनले दुःख दिइराखेको भए एकपल्ट निःशुल्क परीक्षणमा सहभागी हुन आग्रह गरे ।

अकुंपञ्चर, फिजियोथेरापी, अयुर्वेद, पञ्चकर्मामार्फत वैकल्पिक चिकित्सामा नेतृत्वदायी भूमिका खेल्दै आएको यस ब्लु लोटसले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ