२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा पास

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा पास


काठमाडौं-नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनको नवौं ब्याच सन् २०१७ को बिएस्सी नर्सिङका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको पास गरेको कलेजले जनाएको छ ।

यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द (केएन) शर्माले जानकारी दिए ।

‘कोभिड महामारीका बेलाका चुनौतीका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मेहनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुसी छौं,’ उनले भने, ‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर विद्यार्थीहरुले रेकर्ड बनाएका छन् ।’

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनमा विगत लामो समयदेखि बिएस्सी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्सहरु संचालन हुँदै आएका छन् । बिएस्सी नर्सिङ र बिएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह(पीसीएल) नर्सिङ चाहि सिटीइभिटीबाट मान्यताप्राप्त कोर्स हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ